close

फ्रि फायर खेल्न १२ वर्षीय बालकले झिके आमाको खाताबाट सुटुक्क ५ लाख

टेकपाना टेकपाना

असार १७, २०७८ १०:२६

फ्रि फायर खेल्न १२ वर्षीय बालकले झिके आमाको खाताबाट सुटुक्क ५ लाख

काठमाडौं । आजकल अनलाइन गेमिङमा रूचि राख्नेहरूको संख्या बढ्दो छ । बच्चादेखि वयस्कहरूले अनलाइन गेमिङको आनन्द लिइरहेका छन् । तर यसबीचमा बेलाबेलामा स्तब्ध पार्ने घटना पनि सुन्ने गरेका छाैं ।

हालसालै भएको घटना भारतस्थित छत्तिसगढको कान्केरको हो । त्यहाँकी एक महिलाले अनलाइन गेमिङका कारण तीन महिनामै तीन लाख २२ हजार भारतीय रुपैयाँ (करिब पाँच लाख १५ हजार नेपाली रूपैयाँ) गुमाएकी छन् ।

ती महिलाले खाता जाँच गर्दा ३.२२ लाख गायब भएपछि अनलाइन जालसाँजीको शंकाले प्रहरी कार्यालयमा जाहेरी दर्ता गरिन् । त्यसपछिको छानबिनमा प्रहरीले पत्ता लगायो कि, हराएको पैसा उनकै १२ वर्षीय छोराले अनलाइन गेम फ्रि फायरको लेभल अपग्रेड गर्न र हतियारहरू किन्न खर्च गरेका रहेछन् ।

रिपोर्टअनुसार विद्यालयकी शिक्षिका शुभ्रा पालको खाता मार्च ८ देखि जुन १० बीचमा २७८ पटक कारोबार भएको छ, जसा ३.२२ लाख भारू उनको खाताबाट झिकिएको छ । उनकै फाेनमा छाेराले अनलाइन गेम खेल्ने गर्थे ।

अर्को महत्वपूर्ण कुरा के भने पैसा निकालेको बेला उनको मोबाइलमा ओटीपी कोडसमेत आएको थिएन । यो देखेर, प्रहरीले अनलाइन चिटिङ भएको आशंकामा अनुसन्धान अगाडि बढाएकाे थियाे ।

यसपछि लाखौं रूपैयाँ फ्रि फायर अनलाइन गेम खेल्न र गेमको लेभल अपग्रेड गर्न उनकै छाेराले झिकेकाे थाहा भयाे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५