close

तपाईंलाई थाहै नदिई के गुगल र एप्पलले फोनमा एप इन्स्टल गर्न सक्छन् ?

टेकपाना टेकपाना

असार १७, २०७८ १७:३९

तपाईंलाई थाहै नदिई के गुगल र एप्पलले फोनमा एप इन्स्टल गर्न सक्छन् ?

काठमाडौं । गुगलले तपाईंको स्वीकृति बिना नै मोबाइलमा एप इन्स्टल गर्न सक्छ । तर, यसले कसरी काम गर्छ ? के आईफोनमा पनि यसरी नै तपाईंको जानकारी बिना माबोइल एप डाउनलोड हुन्छ त ? यसबारे आज हामी तपाईंलाई जानकारी दिँदै छौं ।

के गुगलले बिना स्वीकृति एप इन्स्टल गर्न सक्छ ?

एन्ड्रोइडले यही जुनमा ‘मासनोटिफाइ’ रोलआउट गरेको छ । जुन प्रयोगकर्ताका लागि शिक्षणमूलक रहेको छ । यसमार्फत कम्पनीले गएको जुनमा लाखौं प्रयोगकर्ताको मोबाइलमा कोभिड–१९ सम्बन्धी एप आफैं इन्स्टल गरेको थियो ।

पहिलो चरणमा यो अमेरिकाको म्यासाचुसेट्स राज्यका सम्पूर्ण एन्ड्रोइड प्रयोगकर्ताबाट सुरु गरेको थियो । भने, विस्तारै अन्य एन्ड्रोइड फोनमा पनि यो एप स्वतः इन्स्टल गरिएको थियो ।

एपको रुपमा एन्ड्रोइडमा डाउनलोड भएको भएतापनि उक्त एपको आइकन कतै पनि उपलब्ध नहुँदा प्रयोगकर्ताले एप डाउनलोड भएको विषयमा जानकारीसमेत नपाएको हुन सक्छ ।

गुगलले यो एप प्रायोगकर्ताको मोबाइलमा डाउनलोड भएको भएता पनि जबसम्म प्रयोगकर्ताले इनेबल नगर्दासम्म कुनै काम नगर्ने जनाएको छ । यो हेर्दा अनौंठो छ । किनभने, अन्य एपको हकमा प्रयोगकर्ताले स्वीकृति नदिएको खण्डमा डाउनलोड हुन सक्दैन ।

यसको अर्थ गुगलले तपाईंको मोबाइलमा जुनसुकै समयमा पनि एप इन्स्टल गर्न सक्छ भन्ने हो । त्योभन्दा महत्वपूर्ण कुरा के गुगलले उक्त एप प्रयोगकर्ताकोमा इन्स्टल गर्नुअघि त्यसको सेक्युरिटी चेक गरेको थियो वा थिएन भन्ने हो ।

गुगलले यसरी एप इन्स्टल गर्न सक्छ भन्ने त भयो नै । अब बाँकी रह्यो तपाईंले तपाईंको मोबाइलमा अन्य कतैबाटै एप इन्स्टल गर्न सक्नुहुन्छ या हुन्न भन्ने कुरा हो । यसमा पनि सकिन्छ ।

यदि तपाईंले मोबाइलमा लगइन भएको ईमेल एड्रेसबाटै अन्य स्थानमा पनि लगइन गरेर एप इन्स्टल गर्नुभएको खण्डमा तपाईंको मोबाइलमा एप डाउनलोड हुनेछ । तर, यसरी गर्दा तपाईंको मोबाइलमा एप डाउनलोड भइरहेको जानकारी भने प्राप्त गर्नुहुनेछ ।

के एप्पलले बिना स्वीकृति एप इन्स्टल गर्न सक्छ ?

अहिलेसम्मको अवस्थामा एप्पलले प्रयोगकर्ताको जानकारी बिना एप इन्स्टल गरेको रेकर्ड भने उपलब्ध छैन । आईओएसमा एप चलाउन प्रयोगकर्ता आफैले इन्स्टल गर्नुपर्ने हुन्छ । भने, आफैंले पनि एप स्टाेरबाहेक अयन्त्रबाट डाउनलोड गर्न सकिने अवस्था छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५