काठमाडौं । सामसङ ग्यालेक्सी एस२१ अल्ट्रा फाइभजी उत्कृष्ट स्मार्टफोन घोषित भएको छ । हालै मोबाइल वर्ल्ड कंग्रेस २०२१ मा आयोजित ग्लोबल मोबाइल अवार्डमा यो स्मार्टफोनलाई उत्कृष्ट अवार्डको रुपमा घोषणा गरिएको हाे ।
गत जुन ३० तारिखमा भएको एक समारोहमा याे फाेनलाई गत वर्ष सार्वजनिक भएकाे ‘बेस्ट स्मार्टफाेन’ काे नाम दिइएकाे छ । प्रोफेसनल ग्रेड क्यामेरा सिस्टम र ब्राइट इन्टेलिजेन्ट डिस्प्लेसहित उत्कृष्ट फोटोग्राफीका लागि यो स्मार्टफोनप्रति प्रयोगकर्ता आकर्षित भएको उल्लेख गरिएकाे छ ।
याे विधाकाे शर्ट लिस्टमा सामसङ ग्यालेक्सी एस२० फ्यान एडिसन पनि पर्न सफल भएकाे थियाे ।
सामसङ ग्यालेक्सी एस२१ अल्ट्रा फाइभजी स्मार्टफाेनमा ६.८ इन्चको एमोलेड क्वाड एचडी प्लस डिस्प्ले दिइएको छ । जसको स्क्रिन रेजोलुसन १४४० बाई ३२०० पिक्सेल रहेको छ । फोनको डिस्प्लेको रिफ्रेश रेट १० हर्जदेखि १२० हर्जसम्म रहेको छ ।
यो फोनमा एड्भान्स अक्टा कोर एक्साइनस २१०० एसओसी प्रोसेसर राखिएको छ । यसमा एस पेनको सपोर्ट समेत रहेको छ । सामसङ ग्यालेक्सी एस २१ अल्ट्राको क्यामेराको कुरा गर्दा यसको पछाडि भागमा ४ वटा क्यामेरा राखिएको छ । जसमा प्राइमरी क्यामेरा १०८ मेगापिक्सेलको छ ।
साथै १२ मेगापिक्सेलको अल्ट्रावाइड लेन्स, १० मेगापिक्सेलको डेप्थ सेन्सर र १० मेगापिक्सेलकै म्याक्रो लेन्स दिइएको छ । यसमा ४० मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।
सामसङको यो आधुनिक स्मार्टफोनमा १००X स्पेस जुमको सपोर्ट समेत रहेको छ । सामसङ ग्यालेक्सी एस २१ अल्ट्रामा ५००० एमएएचको ब्याट्री दिइएको छ । जसमा वायरलेस चार्जिङ फिचर समेत रहेको छ ।
नेपाली बजारमा याे फाेनकाे मूल्य एक लाख ५४ हजार ९९९ रूपैयाँ रहेकाे छ ।