काठमाडौं । वर्षात्को समयमा देशभर थुप्रै जनधनको क्षति भइरहेको हुन्छ । बाढी र पहिरोका कारण अनेकौं ठाउँमा आवागमन समेत प्रभावित भइरहेको छ । जसले गर्दा यात्रामा निस्किनेहरूलाई निकै समस्या पर्ने गरेको छ ।
यस्तै किसिमको समस्यालाई मध्यनजर गर्दै सडक विभागले अवरुद्ध सडकखण्डको विषयमा अनलाइनमा लाइभ अपडेटमार्फत जानकारी दिँदै आएको छ । यहाँ क्लिक गरेर विभागको सम्भार शाखाले सुरु गरेको लाइभ अपडेट थाहा पाउन सक्नुहुनेछ ।
गुगल डक्सको एक्सेल शिटमा उपलब्ध गराइएको लाइभ अपडेटमा सडक अवरुद्ध, आंशिक सुचारु र पूर्णरुपमा सुचारु भएको अवस्था देख्न सकिन्छ । गुगल शिट खोलिसकेपछि राजमार्गको नाम भएको सूचीमा जानुहोस् ।
आफूले जानकारी लिन चाहेको राजमार्ग रोजेर त्यस अघिल्तिर क्रमशः सडक अवरुद्ध भएको समय, सडक सुचारु हुने अनुमानित समय, हालको अवस्था, सडक सुचारु भएको समय, सम्पर्क व्यक्ति तथा कार्यालय प्रमुखको नम्बर र सडक सुचारु गर्न भइरहेको प्रयास आदिको जानकारी पाउन सकिन्छ ।
यो समाचार तयार पार्दासम्म विभागले तयार पारेको गुगल शिटमा १०८ वटा राजमार्गको लाइभ अपडेट दिइरहेको छ ।