यो वर्ष स्मार्टफोन बजार हिस्सामा चिनियाँ निर्माता हुवावेले सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्ने सामसङसँगको दुरी छोट्याउने नयाँ अध्ययनले देखाएको छ ।
सामसङले सन् २०१९ मा स्मार्टफोन बजारको २१.३ प्रतिशत हिस्सा ओगटेको अनुमान छ । यो वर्ष सामसङले ३२ करोड ३० लाख स्मार्टफोन बिक्री गर्ने अनुमान छ ।
बजार अनुसन्धान गर्ने कम्पनी स्ट्राटेजी एनालिटिक्सका अनुसार हुवावेले कूल २५ करोड १० लाख स्मार्टफोन बिक्री गर्ने अनुमान छ । जसबाट हुवावेको बजार हिस्सा १७.७ प्रतिशत हुनेछ ।
यो हुवावेको अघिल्लो वर्षको १४.४ प्रतिशत बजार हिस्सा भन्दा बढी हो ।