काठमाडौं । एप्पलले यस वर्ष सार्वजनिक गर्ने आईफोन १३ को उत्पादन बढाउने भएको छ । ब्लुमबर्गको एक रिपोर्टअनुसार सन् २०२१ भित्र उत्पादन हुने आईफोनको संख्या बढाउने तयारी कम्पनीले गरेको हो ।
सप्लाई चेन पार्टनरहरुको विवरणको आधारमा कम्पनीले गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशत बढी आईफोन उत्पादन गर्ने भएको छ । यसअन्तर्गत ९ करोड आईफोन युनिट उत्पादन हुने प्रक्षेपण गरिएको छ ।
विश्वव्यापी रुपमा चिपकाे अभाव सिर्जना भएपनि एप्पलको सप्लाई चेन भने यसबाट प्रभावित नहुने अनुमान गरिएकाे छ । आगामी आईफोन सेप्टेम्बरमा सार्वजनिक हुने अनुमान गरिएको छ ।