close

फेसबुक म्यासेन्जरमा अब साउण्ड सहितको इमोजी, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

साउन १, २०७८ ११:५१

फेसबुक म्यासेन्जरमा अब साउण्ड सहितको इमोजी, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । फेसबुकले म्यासेन्जरमा साउण्डयुक्त इमोजीको सुरुवात गरेको छ । ‘साउण्ड इमोजी’ को रुपमा कम्पनीले बिहीवार याे फिचर सार्वजनिक गरेको हो । फेसबुकका मालिक मार्क जुकरबर्गले आफ्नो फेसबुक वालमार्फत यसबारे जानकारी दिएका छन् ।

योसँगै प्रयोगकर्ताले फेसबुक म्यासेन्जरमार्फत आफ्ना साथीभाइलाई साउण्डयुक्त इमोजी पठाउन सक्नेछन् । यसको अर्थ यदि तपाईंले ताली बजाएको साउण्ड इमोजी पठाउनुभएको खण्डमा साथीले ताली पड्काएको आवाजसमेत भन्नेछ । यसअघिका साधारण इमोजीमा यस्तो सुविधा भने थिएन ।

फेसबुकले म्यासेन्जरमा उपलब्ध गराएको साउण्ड इमोजी प्रयोग गर्नका लागि तपाईंले यसअघि जस्तै म्यासेन्जरको तल देखिने इमोजीमा क्लिक गर्नुपर्ने हुन्छ । त्यहाँ क्लिक गरेसँगै दायाँ साइडमा तपाईंले साउण्डको आइकन देख्नुहुनेछ । उक्त साउण्ड आइकनमा क्लिक गरेसँगै त्यहाँ तपाईंले विभिन्न इमोजीहरु देख्नुहुनेछ ।

हाल त्यहाँ ११ वटामात्रै साउण्ड इमोजी उपलब्ध भएको छ । विस्तार कम्पनीले साउण्ड इमोजी पनि थप गर्दै जाने बताएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१