काठमाडौं । नेपालका इथिकल ह्याकर आकाशजंग बस्नेतले फेसबुकको सुरक्षा कमजोरी पत्ता लगाएका छन् । उनले फेसबुक म्यासेन्जरको च्याट रुमको भल्नेरबिलिटी पत्ता लगाएका हुन् ।
यसअन्तर्गत फोनको लक नखोलिकनै फेसबुक म्यासेन्जर कल रिसिभ गर्दा सो फेसबुक आईडीका फ्रेन्डलिस्ट हेर्न सकिन्थ्यो ।
फेसबुकको यो त्रुटिले लक भएको फोनमा अन्य व्यक्तिले भौतिक रुपमा पहुँच पुर्याई च्याट रुमबाट फ्रेन्डलिस्ट हेर्नुका साथै उनीहरूलाई कल पनि गर्नसक्ने खतरा थियो ।
फेसबुकले यो बगका लागि बस्नेतलाई ७५० डलर बाउन्टी दिने घाेषणा गरेकाे छ । साथै फेसबुकले उनलाई ‘डिले बाेनस’ स्वरूप ३८ डलर पनि प्रदान गरेकाे छ ।
बग एक्सेप्ट गरेकाे एक महिना वा साे समयपछि रिवार्ड दिँदा फेसबुकले बग हन्टरका लागि ‘डिले बाेनस’ समेत उपलब्ध गराउन थालेकाे छ ।
उनले गत जुन ९ मा याे बगका लागि रिपोर्ट गरेका थिए । फेसबुकले जुन १६ मा एक्सेप्ट गरी जुलाई २३ मा कूल ७८८ डलर रिवार्ड रकम दिने जानकारी गराएकाे हाे ।
गत असारमा टेकपानाले प्रकाशित गरेको एक समाचारका आधारमा उनले बग पत्ता लगाउन सफल भएका हुन् ।