काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको मोबाइल सेवाको रिचार्जमा समस्या देखिएको छ । बुधबार बिहानैदेखि कम्पनीको टपअप (अनलाइन रिचार्ज) तथा पिन रिचार्ज नहुने समस्या देखिएको हो ।
ईसेवा, खल्ती, आईएमई पे लगायतका डिजिटल वालेट तथा मोबाइल बैंकिङबाट बिहीबार बिहान करिब साढे ५ बजेदेखि टेलिकमको रिचार्ज हुन सकिरहेको छैन । वालेटको सिस्टममा भने कुनै समस्या नरहेको ईसेवाका प्रमुख सञ्चालन अधिकृत (सीओओ) रोशन लामिछानेले बताए ।
टेलिकमको सिस्टममा समस्या आउँदा रिचार्ज हुन नसकेकको बताइएको छ । करिब छ घण्टापछि कम्पनीको रिचार्जमा देखिएको समस्या समाधान भएको छ ।