close

अमेरिकाका ४४ प्रतिशत एप्पल प्रयोगकर्ता आईफोन १३ किन्ने सोचमा

टेकपाना टेकपाना

साउन २६, २०७८ २१:७

अमेरिकाका ४४ प्रतिशत एप्पल प्रयोगकर्ता आईफोन १३ किन्ने सोचमा

काठमाडौं । एक सर्वेक्षणका अनुसार अमेरिकाका ४४ प्रतिशत एप्पल प्रयोगकर्ता आईफोन १३ को प्रतिक्षामा रहेको पाइएको छ । सेलसेल (SellCell) ले गरेको साे सर्वेक्षणले एप्पलको बहुप्रतिक्षित उत्पादन आईफोन १३ सिरिजको फोन किन्ने याेजनामा ४४ प्रतिशत प्रयोगकर्ता रहेकाे निष्कर्ष निकालेकाे हाे ।

सर्वेक्षणअनुसार उक्त ४४ मध्ये ३८.२ प्रतिशत प्रयोगकर्ता ६.१ इन्च डिस्प्ले रहेको आईफोन १३ किन्ने योजनामा छन् भने ३०.८ प्रतिशत प्रयोगकर्ता ६.७ इन्चको डिस्प्ले भएको आईफोन १३ प्रो म्याक्स किन्ने योजनामा छन् ।

त्यस्तै २४ प्रतिशत प्रयोगकर्ता ६.१ इन्चको आईफोन १३ प्रो किन्ने योजनामा रहेको सर्वेक्षणले देखाएको छ । त्यस्तै ७ प्रतिशत प्रयोगकर्ता भने आईफोन १३ मिनी खरिद गर्ने योजनामा छन् ।

सर्वेक्षण गरिएका प्रयोगकर्तामध्ये करिब २२ प्रतिशतले फोनको १२० हर्जको हाई रिफ्ररेस रेटका कारण फोन खरिद गर्न चाहेको बताएका छन् भने करिब १८.२ प्रतिशत प्रयोगकर्ताले अन्डर डिस्प्ले टच आईडी फिचर हुने आशामा आईफोन १३ लाई कुरेको बताएका छन् ।

यद्यपि यो फिचर आईफोन १३ मा हुनेछ वा छैन भन्ने विषयमा अहिले नै कुनै कुरा बाहिरिसकेको भने छैन ।

त्यस्तै १६ प्रतिशत प्रयोगकर्ताले ‘अलवेज-अन डिस्प्ले’ फिचरका लागि यो फोन खरिद गर्ने सोच बनाएका छन् भने १०.९ प्रतिशत प्रयोगकर्ताले तुलनात्मक रुपमा सानो नच हुने हुदाँ पनि आईफोन १३ को प्रतिक्षा गरेका प्रतिक्रिया दिएका छन् ।

यीबाहेक मोबाइलमा आउने अन्य फिचरजस्तै प्रोसेसर, वायरलेस चार्जिङ लगायतका फिचरका कारण मोबाइल खरिद गर्न इच्छा भएको भन्ने प्रयोगकर्ता भने ५ प्रतिशतभन्दा कम छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३