close

सरकारले क्यूआर कोड सहितको खोप कार्ड आवेदन फारम नलिने

टेकपाना टेकपाना

साउन २८, २०७८ ८:४४

सरकारले क्यूआर कोड सहितको खोप कार्ड आवेदन फारम नलिने

काठमाडौं । सरकारले क्यूआर कोड सहितको खोप प्रमाणपत्रको आवेदन फारम तत्काल नलिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना खोप लगाएर कीर्तिपुरमा आवेदन बुझाएका व्यक्तिहरुले क्यूआर कोडसहितको प्रमाणपत्र जारी नभएसम्मका लागि थप आवेदन फाराम लिने कार्य स्थगित गरेको हो ।

क्यूआर कोडसहितको प्रमाणपत्र अनिवार्य भएका वैदेशिक रोजगारमा जानेहरूले क्यूआर कोडसहितको प्रमाणपत्र प्राप्त गरेपछि मात्र टिकट लिन मन्त्रालयले आग्रह गरेको छ ।

केहिदिन अघि मन्त्रालयले कीर्तिपुरमा रहेको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट खोपको विद्युतीय प्रमाणपत्र लिन सकिने व्यवस्था मिलाएको थियो ।

मन्त्रालयका अनुसार अनलाइन फारामका लागि याे लिंकमा गएर भर्न सकिने छ । प्रमाणपत्र तयार भयो कि भएन भनेर जान्नका लागि यहाँ गएर क्यू आर कोडसहितको प्रमाणपत्रको लिंक प्राप्त हुने सूचना मार्फत जानकारी गराइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३