close

नेपालको आफ्नै भुक्तानी कार्डका लागि यसै वर्ष नेसनल पेमेन्ट स्विच स्थापना हुने

टेकपाना टेकपाना

साउन २९, २०७८ १७:९

नेपालको आफ्नै भुक्तानी कार्डका लागि यसै वर्ष नेसनल पेमेन्ट स्विच स्थापना हुने

काठमाडौं । नेपालको आफ्नै भुक्तानी कार्डका लागि यसै वर्ष नेसनल पेमेन्ट स्वीच स्थापना हुने भएको छ ।

चालु आर्थिक वर्षका लागि मौद्रिक नीति घोषणा गर्दै नेपाल राष्ट्र बैंकले राष्ट्रिय भुक्तानी स्विच स्थापना गर्ने कार्य यही वर्ष सकिने गरी काम अगाडि बढाउने जानकारी दिएकाे छ ।

विद्युतिय भुक्तानीका उपकरणबीच अन्तरआबद्धता कायम गर्दै नेपालभित्र हुने भुक्तानी कारोबारहरूको राफसाफ तथा अभिलेखीकरण गर्न र नेपालको आफ्नै भुक्तानी कार्ड प्रयोगमा ल्याउन राष्ट्रिय भुक्तानी स्विच स्थापना कार्य सम्पन्न गर्ने साे नीतिमा उल्लेख छ ।

राष्ट्र बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) मार्फत् नेसनल पेमेन्ट स्विच कार्यन्वयन गर्न लागेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१