close

भुक्तानी सेवाप्रदायकको दायरा बढ्यो, अब लघुवित्त र सहकारीका ग्राहकलाई पनि सेवा दिन पाउने

टेकपाना टेकपाना

साउन २९, २०७८ १७:१८

भुक्तानी सेवाप्रदायकको दायरा बढ्यो, अब लघुवित्त र सहकारीका ग्राहकलाई पनि सेवा दिन पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवाप्रदायकको दायरा बढाएको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार प्रस्तुत गरेको चालु आर्थिक वर्ष २०७८र७९ को मौद्रिक नीतिले लघुवित्त र सहकारीका ग्राहकलाई समेत सेवा प्रदान गर्नसक्ने गरी दायरा बढाएको हो ।

मौद्रिक नीतिमा भनिएको छ, ‘भुक्तानी सेवाप्रदायक तथा भुक्तानी प्रणाली सञ्चालक संस्थाहरूको कारोबारको दायरा बढाई लघुवित्त वित्तीय संस्था र सहकारीका ग्राहकसमक्ष समेत विद्युतीय भुक्तानी सेवा पुर्‍याउन प्रोत्साहन गरिनेछ ।’

यसका साथै नगद कारोबारको विद्यमान सीमालाई बचत तथा ऋण सहकारी संस्थाहरूमा समेत प्रभावकारी कार्यान्वयन गर्न आवश्यक समन्वय गरिने साे नीतिमा उल्लेख छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१