close

५० एमपी क्यामेरा र १ टीबी स्टोरेज सपोर्टसहित भोलि सार्वजनिक हुँदै ‘भिभो वाई३३ एस’

टेकपाना टेकपाना

भदौ ६, २०७८ १९:२७

५० एमपी क्यामेरा र १ टीबी स्टोरेज सपोर्टसहित भोलि सार्वजनिक हुँदै ‘भिभो वाई३३ एस’

काठमाडौं । बजारमा हरेक दिन कुनै न कुनै कम्पनीले नयाँ स्मार्टफोन सार्वजनिक गरिरहेका छन् । प्रयोगकर्ताले आफ्नो बजेट र आवश्यकता अनुसार स्मार्टफोन खरिद गर्ने अवसर पाएका छन् ।

यसबीचमा भिभो ब्राण्डका स्मार्टफोनमा पनि उपभोक्ताको आकर्षण बढ्दो छ । नेपाली बजारमा कम्पनीले विशेषगरी क्यामेरा पारखीका लागि नयाँ फोन ल्याउने गरेको छ । हुन त उसका फोनमा अन्य फिचर पनि आकर्षक पक्षका रूपमा रहने गर्छन् ।

यसैबीच भिभोले भोलि सोमबार नयाँ फोन सार्वजनिक गर्ने भएको छ । यसअन्तर्गत ‘वाई’ सिरिजमा नयाँ मोडल बजारमा आउन लागेको हो ।

कम्पनीले भारतीय बजारबाट ‘भिभो वाई ३३ एस’ सार्वजनिक गर्न लागेको हो । यो फोनले १ टीबीसम्मकाे स्टोरेज सपोर्ट गर्ने जनाइएको छ । 

‘भिभो ३३ एस’ को पछाडि ट्रिपल क्यामेरा सेटअप गरिएको छ । जसमा एफ १.८ एपेर्चरका साथ ५० मेगापिक्सेलको प्राइमरी सेन्सर र २ मेगापिक्सेलको बोके सेन्सर र २ मेगापिक्सेलको माइक्रो लेन्स समावेश गरिएको छ ।

त्यस्तै सेल्फी पारखीका लागि १६ मेगापिक्सेलकाे क्यामेरा दिइएको छ ।

मिडियाटेक हेलियो जी८० द्वारा सञ्चालित यस फोनमा ८ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेजको विकल्प रहेको छ । यसमा ४ जीबी भर्चुअल र्‍याम थप्न सकिन्छ ।

त्यस्तै माइक्रो एसडी कार्डको सहायतामा १ टीबी मेमोरी बढाउन समेत मिल्नेछ । भिभो ३३एस मा ५००० एमएएच को ब्याट्रीका साथ १८ वाटको फास्ट चर्जिङ सपोर्ट उपलब्ध छ ।

साथै ६.५८ इन्चको फुल-भ्यु हेलो डिस्प्ले २४००*१०८० पिक्सेलको फुल एचडी प्लस स्क्रिन रेजाेलुसन र ९०.६ प्रतिशत स्क्रिन-टू-बडी रेशियो सँगै यस फोनमा प्रयोगकर्ताहरुलाई ब्लु लाइट फिल्टर पनि उपलब्ध छ ।

एन्ड्रोइड ११ मा आधारित फनटच ओएस ११.१ मा चल्ने यस फोनमा पछाडि फिङ्गरप्रिन्ट सेन्सर राखिएको छ । भारतमा यसको मूल्य १७,९९० भारु (करिब २९ हजार नेपाली रूपैयाँ) रहने अनुमान गरिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१