close

जनशक्ति अभाव हुँदा साइबर अपराधका घटना अनुसन्धानमा सकस

टेकपाना टेकपाना

पुस २३, २०७९ १७:२६

जनशक्ति अभाव हुँदा साइबर अपराधका घटना अनुसन्धानमा सकस

काठमाडौं । साइबर अपराधका घटना निरन्तर बढ्दा अनुसन्धान प्रक्रियामा असहज आएको छ । अनलाइन तथा विद्युतीय माध्यममार्फत हुने अपराधको संख्या वृद्धि हुँदा प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोलाई भने जनशक्ति परिचालन गर्नै हम्मेहम्मे परिरहेको छ ।

''हाल ब्यूरोमा दैनिक न्यूनतम ३५ ओटा साइबर अपराधसम्बन्धी उजुरी दर्ता हुन्छन्,' ब्यूरोका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक पशुपति राय भन्छन्, ''तर अनुसन्धान प्रक्रियामा संलग्न जनशक्ति सीमित हुँदा अप्ठ्याराे भइरहेकाे छ ।''

एउटै उजुरीमा धेरै समय बिताउनुपर्दा अन्य घटनाकाे छानबिन र अनुसन्धान प्रभावित हुने गरेकाे उनकाे भनाइ छ ।

 "साइबरजन्य अपराधका घटना बढिरहेका छन् । कतिपय केसको गहिराइमा पुग्न समय लाग्छ । अनुसन्धान टाेली एउटा केसका लागि खटिँदा अन्य केस हेर्न असहज भइरहेकाे छ, " उनले भने । 

अपराध अनुसन्धानसँग सम्बन्धित उपकरण, डिजिटल फरेन्सिक ल्याब लगायतका पूर्वाधारका साथै  जनशक्तिको क्षमता बढाउन आवश्यक पहल गरिरहेको उनले सुनाए ।

याे पनि पढ्नुहाेस्: साइबर अपराध हुनबाट जोगिन के गर्ने, अनि भइहाले कहाँ र कसरी उजुरी दिने ?

पछिल्लो अध्यावधिक: पुस २३, २०७९ १७:२६