close

एटीएम प्रयोग गर्दा के गर्ने, के नगर्ने ? यस्तो छ राष्ट्र बैंकको सुझाव

टेकपाना टेकपाना

पुस २४, २०७९ २०:३८

एटीएम प्रयोग गर्दा के गर्ने, के नगर्ने ? यस्तो छ राष्ट्र बैंकको सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले एटीएम कार्ड प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । सामाजिक सञ्जालमार्फत केन्द्रिय बैंकले प्रयोगकर्ताको बैंक खाता सुरक्षा सावधानीका लागि यस्तो आग्रह गरेको हो ।

बैंकले प्रयोगकर्तालाई आफ्नो पिन कोड गोप्य राख्न सल्लाह दिएको छ । "एटीएम प्रयोग गर्ने क्रममा अपरिचित व्यक्तिबाट टाढै बस्नुहोस्," राष्ट्र बैंकले भनेको छ ।

यसका साथै एटीएम प्रयोग गर्दा खाताबाट पैसा काट्यो तर पैसा आएन भने सम्बन्धित बैंकमा सम्पर्क गर्न आग्रह गरेको छ । त्यस्तै आवश्यक परे बैंकका कर्मचारीसँग सम्पर्क गरी सहयोग लिन समेत भनिएको छ ।

"अपरिचित वा अन्य जोकोही व्यक्तिलाई एटीएम कार्ड र पिन नम्बर शेयर नगरौँ," राष्ट्र बैंकले अगाडि भनेको छ । 

पछिल्लो अध्यावधिक: पुस २४, २०७९ २०:३८