काठमाडौँ । मोबाइल निर्माता कम्पनी रियलमीले अर्को महिना २४० वाट चार्जिङ क्षमता भएको 'रियलमी जीटीथ्री' सार्वजनिक गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै फोनको सार्वजनिक मिति घोषणा गरेको हो ।
सार्वजनिक पछि यो फोन विश्वकै पहिलो २४० वाट चार्जिङ सपोर्ट गर्ने स्मार्टफोन हुनेछ । यद्यपि चिनियाँ बजार भन्दा बाहिरको लागि भने यो फिचर जीटी नियो फाइभमा हुनेछ । अर्थात्, चिनियाँ बजारमा रियलमी जीटीथ्रीको नाममा सार्वजनिक हुने यो फोन अन्य देशहरूमा भने जीटी नियो फाइभको रुपमा सार्वजनिक हुनेछ ।
यो फोन दुईओटा ब्याट्री भेरियन्ट: ४,६०० एमएएच र ५,००० एमएएच क्षमतामा उपलब्ध छ । ब्याट्री क्षमता बाहेक अन्य फिचर भने फोनमा उस्तै हुने बताइएको छ । फोनमा १४४ रिफ्रेसरेटसहितको ६.७४ इन्चको ओएलईडी डिस्प्ले छ । फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा सहित १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ ।
फोनमा स्न्याड्रागन ८ प्लस जेन १ चिपसेट प्रयोग गरिएको छ जसमा १६ जीबी र्याम उपलब्ध छ ।