काठमाडौं । रियलमीले कम मूल्यमा पनि फ्ल्यागशिपको अनुभव दिने गरी आफ्नो सस्तो फोन नेपाली बजारमा सार्वजनिक गरेको छ । ६४ मेगापिक्सेलको क्यामेरा, ३३ वाटको डार्ट चार्जिङ लगायत अन्य धेरै फिचर सहित कम्पनीले सी५५ (C55) सार्वजनिक गरेको हो । युवा लक्षित यो फोनको नामको पहिलो अक्षर सी च्याम्पियनको छोटो रुप हो ।
यो फोनको मु्ख्य विशेषताको रुपमा यसको क्यामेरालाई लिइएको छ । फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा र ८ मेगापिक्सेलको सेल्फि क्यामेरा छ । फोनमा रियलमी एक्स्क्लुसिभ स्ट्रिट फोटोग्राफि मोड राखिएको छ जुन यो भन्दा अगाडिको सि सिरिजहरुमा उपलब्ध थिएन । यसको साथै डाइनामिक इमेज स्न्याप शट, स्ट्रिट फिल्टर, नाइन्टिज पप फिल्टर जस्ता फिचरहरु पनि यस क्यामेरामा समावेश गरिएका छन् ।
सेल्फी क्यामेराका लागि यसमा यसमा ८ मेगापिक्सेलको लेन्स छ जसले १०८० पिक्सेलको भिडियो रेकर्ड गर्न सक्छ ।
साथै फोनमा ३३ वाटको डार्ट चार्जिङ र ५००० एमएएचको ब्याट्रि राखिएको छ जसले रिभर्स चार्जिङ पनि सपोर्ट गर्छ । यो फोन २९ मिनेटमा नै ५० प्रतिशतभन्दा बढी चार्ज हुने कम्पनीले जनाएको छ ।
९० हर्जको फुल एचडी प्लस डिस्प्ले र एन्ड्रोइड फोनहरुमै सबैभन्दा पहिलो मिनी क्याप्सुल फोनको अर्को मुख्य फिचर हो । चार्ज नोटिफिकेसन, डेटा युसेज नोटिफिकेसन र स्टेप नोटिफिकेसन दिने मिनी क्याप्सुलले प्रयोगकर्तालाई फ्ल्यागशिपको अनुभव दिने कम्पनीको विश्वास छ ।
यस्तो फोनमा मिडियाटेक हेलियो जि ८८ चिपसेट प्रयोग गरिएको छ । ६४ बिटको सीपीयु र १२ एनएमको चिपसेट भएको हुँदा रियलमी सि ५५ मा पावर इफिसियन्सी हुनुको साथै हिट जेनेरेसन पनि कम हुने कम्पनीले जनाएको छ ।
कम्पनीले ६ जीबी र्याम र ६४ जीबी स्टोरेज भएको सेटको मुल्य २१ हजार ९९९ रुपैयाँ तोकेको छ भने ८ जीबी र्याम र १२८ जीबी भेरियन्टको मूल्य २५ हजार ९९९ रुपैयाँ तोकिएको छ ।