close

अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिलो फ्लिप स्मार्टफोन सार्वजनिक गर्दै ओप्पो

टेकपाना टेकपाना

माघ २८, २०७९ १७:३५

अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिलो फ्लिप स्मार्टफोन सार्वजनिक गर्दै ओप्पो

काठमाडौं । चिनियाँ मोबाइल कम्पनी ओप्पोले आफ्नो पहिलो फ्लिप स्मार्टफोन 'फाइन्ड नाइन टु फ्लिप' सार्वजनिक गर्ने भएको छ । कम्पनीले विश्वभर एकैपटक यो फोन फेब्रुअरी १५ मा सार्वजनिक गर्ने भएको हो । 

चिनियाँ बजार भन्दा बाहिर कम्पनीले पहिलोपल्ट आफ्नो फोल्डेबल फोन पठाउन लागेको हो । यसले विश्वबजारमा फोल्डेबल फोनको लागि प्रतिस्पर्धा थप गर्ने अपेक्षा गरिएको छ । 

फोनमा १२० हर्जको रिफ्रेसरेट सहित भित्रपट्टि ६.८ इन्चको डिस्प्ले छ भने बाहिर ३.२६ इन्चको डिस्प्ले छ । मिडियाटेक डाइमेनसिटि ९००० प्लस  चिपसेट प्रयोग गरिएको छ भने फोन ८,१२ र १६ जीबीको र्‍यामको भेरियन्टमा उपलब्ध हुनेछ । 

कम्पनीले ८ जीबी र १२ जीबी र्‍यामको लागि २५६ जीबी स्टोरेज उपलब्ध गराएको छ भने १६ जीबी र्‍यामको लागि भने ५१२ जीबी स्टोरेज उपलब्ध गराएको छ । फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । फोनमा ४३०० एमएएचको ब्याट्री दिइएको छ । 
 

पछिल्लो अध्यावधिक: माघ २८, २०७९ १७:३५