close

नेपाली बजारमा भित्रिदै ओप्पोको नयाँ फोन, के के छन् विशेषता ?

टेकपाना टेकपाना

साउन ७, २०८० १२:४२

नेपाली बजारमा भित्रिदै ओप्पोको नयाँ फोन, के के छन् विशेषता ?

काठमाडौं । नेपाली बजारका लागि ओप्पोले नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले एक विज्ञप्ति सार्वजनिक गर्दै आफ्नो 'ए' सिरिजको नयाँ स्मार्टफोन 'ओप्पो ए७८' सार्वजनिक गर्ने घोषणा गरेको हो । 

यो फोनले प्रयोगकर्तालाई प्रिमियम अनुभव दिने कम्पनीको दाबी छ । डाइमण्ड म्याट्रिक्स डिजाइन भएको यो फोनमा ६.५६ इन्चको डिस्प्ले छ, जसमा ९० हर्जको रिफ्रेसरेट दिइएको छ । 

फोनमा मिडियाटेक एमटी६८३३ डाइभेन्सिटी ७०० चिपसेट प्रयोग गरिएको छ । ओप्पो ए७८ मा ५० मेगापिक्सेलको मुख्य क्यामेरा सहित ८ मेगापिक्सेलको सेल्फि क्यामेरा छ ।

अन्तर्राष्ट्रिय बजारमा जनवरी ७ मा सार्वजनिक भएको फोन नेपाली बजारमा भने अहिले आउन लागेको हो । कम्पनीले उपलब्ध हुने मिति र मूल्यको विषयमा भने कुनै जानकारी दिएको छैन ।   

पछिल्लो अध्यावधिक: साउन ७, २०८० १२:४३