close

भ्यालेन्टाइन्स डेमा नमस्ते पेबाट मोबाइल टपअप गर्दा १० प्रतिशत क्याशब्याक

टेकपाना टेकपाना

माघ २९, २०७९ १३:१

भ्यालेन्टाइन्स डेमा नमस्ते पेबाट मोबाइल टपअप गर्दा १० प्रतिशत क्याशब्याक

काठमाडौं । मोबाइल वालेट कम्पनी नमस्ते पेले भ्यालेन्टाइन डेलाई लक्षित गरेर क्याशब्याक अफर सञ्चालनमा ल्याएको छ ।

नमस्ते पेको यो अफर अन्तर्गत प्रयोगकर्ताले मोबाइलको रिचार्जमा १० प्रतिशतसम्म क्याशब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार प्रयोगकर्ताले एनसेल तथा टेलिकमको मोबाइल रिचार्जमा १० प्रतिशत(बढीमा ५० रुपैयाँ) सम्म क्याशब्याक प्राप्त गर्नेछ । गएको शुक्रबारबाट सुरु भएको यो अफर मंगलबारसम्म लागु हुने कम्पनीले जनाएको छ ।

नमस्ते पे नेपाल टेलिकमको भातृ कम्पनी हो । 

 

पछिल्लो अध्यावधिक: माघ २९, २०७९ १३:२