काठमाडौं । मेटाको फोटो शेयरिङ एप इन्स्टाग्रामले प्रयोगकर्तालाई पोस्टको कमेन्टमा गिफ प्रयोग गर्न दिने भएको छ । त्यसका लागि हाल कम्पनीले उक्त फिचर परीक्षण गरिरहेको उल्लेख छ ।
नयाँ फिचर अनुसार प्रयोगकर्ताले कुनै पनि पोस्टमा एनिमेटेड जीआईएफ प्रयोग गर्न सक्नेछन् । त्यसका लागि प्रयोगकर्ताले गिफीमार्फत गिफ छनोट गरी राख्न सक्ने जनाइएको छ ।
यो फिचर हाल परीक्षणका लागि केही प्रयोगकर्तामाझ मात्रै उपलब्ध रहेको छ । परीक्षणका क्रममा प्रयोगकर्ताबाट आएको प्रतिक्रियाका आधारमा आवश्यक परिमार्जन गरी यसलाई थप प्रयोगकर्तामाझ ल्याइने बताइएको छ ।
हुन त कम्पनीले हालसम्म यो फिचरको विषयमा कुनै आधिकारिक जानकारी भने दिएको छैन । यस्तोमा यो फिचर अन्य प्रयोगकर्तालाई कहिलेबाट उपलब्ध हुनेछ भन्ने विषय पनि यकिन हुन सकेको छैन ।