काठमाडौं । विश्व अर्थतन्त्रमा प्रविधि कम्पनीहरूको लगानी पाँच हजार ३०० अर्ब अमेरिकी डलरभन्दा बढी रहेको स्टाटिस्टाको तथ्याङ्कले देखाउँछ । अहिले अधिकाँश कम्पनीहरू कुनै न कुनै रूपमा प्रविधिमा जोडिएकै भेटिन्छन् । यसमा सबैभन्दा धेरै अर्थात् ३५ प्रतिशत बजार हिस्सा अमेरिकाको छ ।
विश्वका ठूलठूला प्रविधि कम्पनीहरू अमेरिकाबाटै सञ्चालित छन् । यहाँ हामी फोर्ब्सले तयार पारेको सूचीका आधारमा विश्वका उत्कृष्ट पाँच प्रविधि कम्पनीको बारेमा चर्चा गर्दैछौँ ।
१) एप्पल
कम्पनी भ्यालुएसनका आधारमा एप्पल शीर्ष स्थानमा छ । विशेषगरी विद्युतीय उपकरण निर्माण गर्ने, सफ्टवेयर तथा अनलाइन सेवा वितरण गर्ने कम्पनी एप्पलले सन् २०२१ मा कूल ३६५.८१७ अर्ब अमेरिकी डलर आम्दानी गरेको थियो ।
त्यसैगरी सन् २०२२ मा कम्पनीले ३९४.३२८ अर्ब अमेरिकी डलर आम्दानी गरेको थियो । सन् १९७६ मा स्टिभ जब्स, स्टिभ वज्नियाक (Steve Wozniak) र रोनाल्ड वेन (Ronald Wayne) ले स्थापना गरेको यो कम्पनी विभिन्न प्राविधिक उपकरण निर्माण गर्दै आइरहेको छ ।
लोकप्रिय उत्पादनः आईफोन, आईप्याड, एप्पल वाच, एयरपड्स, म्याकबुक
मार्केट भ्यालुः २.४१ खर्ब डलर
कूल कर्मचारीः एक लाख ६४ हजार
२) माइक्रोसफ्ट
सन् १९७६ मा बिल गेट्स र पल एलिन (Poul Ellen) ले स्थापना गरेको माइक्रोसफ्ट कम्पनी मूल्यका हिसाबले शीर्ष दोस्रो स्थानमा पर्छ । यो कम्पनी विद्युतीय उपकरण तथा कम्प्युटर सफ्टवेयर निर्माणमा केन्द्रित छ ।
कम्प्युटर प्रयोग गर्ने अधिकांश प्रयोगकर्ता कुनै न कुनै रुपमा माइक्रोसफ्टका उत्पादन प्रयोग गरिरहेका हुन्छन् । विशेषगरी विन्डोज अपरेटिङ सिस्टम, माइक्रोसफ्ट अफिस वा वर्ड हाम्रो दैनिकीमा अभिन्न हिस्सा बनेका छन् ।
लोकप्रिय उत्पादनः माइक्रोसफ्ट, विन्डोज, माइक्रोसफ्ट अफिस, माइक्रोसफ्ट टिम्स, भिजुअल स्टुडियो
बजार मूल्यः १.९२ खर्ब अमेरिकी डलर
कर्मचारी सङ्ख्याः दुई लाख २१ हजार जना
३) अल्फाबेट इंक
प्रविधि कम्पनीमध्ये शीर्ष तेस्रो स्थानमा रहेको कम्पनी हो, अल्फाबेट । सन् २०१५ मा गुगलको अभिभावक कम्पनीका रुपमा अल्फाबेटको उदय भएको थियो । स्टाटिकाका अनुसार सन् २०२२ मा कम्पनीले कूल २७९.८ अर्ब डलर आम्दानी गरेको थियो ।
पछिल्लो समय एआई प्रविधिको उदयले कम्पनीको बजारलाई केही प्रभाव पारेको छ । यद्यपि फोर्ब्सले गुगललाई प्रविधि कम्पनीमध्ये तेस्रो प्रभावशाली कम्पनीका रूपमा प्रस्तुत गरेको छ । यद्यपि यो विश्लेषण कम्पनीको कूल आम्दानी, नाफा, बजार मूल्य आदिको आधारमा गरिएको हो ।
लोकप्रिय उत्पादनः एन्ड्रोइड, गुगल, युट्युब
बजार मूल्यः १.२१ खर्ब डलर
कर्मचारी सङ्ख्याः एक लाख ८६ हजार ७७९ जना
४) अमेजन
सन् १९९४ मा जेफ बेजोसले स्थापना गरेको कम्पनी अमेजन बजार मूल्यको हिसाबले शीर्ष चौथो स्थानमा पर्छ । अनलाइन मार्केटप्लेसको रुपमा स्थापना भएको यो कम्पनीले पछिल्लो समय आफ्नै डिभाइस र क्लाउड सेवा पनि उपलब्ध गराउन थालेको छ ।
फोर्ब्सको उत्कृष्ट छैटौं कम्पनीको सूचीमा परेको यो कम्पनी प्रविधि कम्पनी मध्ये शीर्ष चौथो नम्बरमा रहेको छ ।
सन् १९६९ मा दक्षिण कोरियामा स्थापना भएको सामसङ इलेक्ट्रोनिक्स कम्पनी बजार मूल्यको आधारमा पाचौं स्थानमा रहेको छ । सामसङले विद्युतीय उपकरण, आईटी तथा मोबाइल सञ्चार सेवा लगायत विभिन्न सफ्टवेयर सेवा उपलब्ध गराउँदै आएको छ ।
विद्युतीय उपकरण जस्तै फोन, टेलिभिजन, वेयरेबल मात्र नभई सामसङ स्मार्ट होम्स तथा डिजिटल हेल्थ सेवामा पनि उत्तिकै केन्द्रित छ ।
लोकप्रिय उत्पादनः फोन, टेलिभिजन लगायत अन्य विद्युतीय उपकरण