close

केवाईसी नभरे डिजिटल भुक्तानी नहुने ? हाम्रोपात्रोका अध्यक्ष भन्छन्ः जनतालाई दुःख भयो

टेकपाना टेकपाना

फागुन ७, २०७९ २०:१६

केवाईसी नभरे डिजिटल भुक्तानी नहुने ? हाम्रोपात्रोका अध्यक्ष भन्छन्ः जनतालाई दुःख भयो

काठमाडौं । भर्खरै डिजिटल भुक्तानी सेवा सञ्चालनमा ल्याएको हाम्रो पात्रो इंकका अध्यक्ष रुद्र पाण्डेले नेपालको केवाईसी (नो योर कस्टुमर) सम्बन्धी व्यवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । केवाईसी केन्द्रिकरण गरेर जनतालाई यस किसिमको दुःखबाट मुक्त गर्न सुझाव दिँदै उनले  राष्ट्र बैंकमाथि प्रश्न उठाएका हुन् ।

"हरेक बैंक वा वालेटमा एकाउन्ट खोल्दा हरेक पटक केवाईसीको नाममा दश पुस्ते भर्नुपर्ने ?," पाण्डेले असन्तुष्टी मिश्रित प्रश्न राख्दै भनेका छन्, "नेपाल राष्ट्र बैंकले केवाईसी केन्द्रिकरण गरेर जनतालाई यो दुःखबाट मुक्त गर्न मिल्दैन ? अनि एउटा बैंकबाट अर्को बैंकमा आफ्नो अकाउन्ट स्विच गर्न सहज हुनुपर्ने होइन ?"

डिजिटल वालेटमा केवाईसी अपडेट गराएका प्रयोगकर्ताले मात्रै कारोबारको पूर्ण सीमा उपयोग गर्न पाउँछन् । केवाईसी भेरिफाई नगर्ने ग्राहकलाई दैनिक अधिकतम पाँच हजार रुपैयाँसम्मको मात्रै कारोबार गर्न दिने प्रचलन अभ्यासमा छ ।

जब कि भेरिफाइड ग्राहकले प्रति दिन दुई लाख रुपैयाँसम्मको कारोबार गर्न सक्ने व्यवस्था छ । यतिसम्म कि राष्ट्र बैंकले वालेटमार्फत कारोबार गर्ने ग्राहकहरूका लागि केवाईसी अनिवार्य गरेको छ ।

अन्यथा २० लाख रुपैयाँसम्म जरिवानासम्मको कारबाही हुने कुरा भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशिका २०७९ मा उल्लेख छ । यो निर्देशिका पूर्ण रूपमा पालना गर्ने हो भने केवाईसी भेरिफाई नगर्ने प्रयोगकर्ताले डिजिटल वालेटबाट कारोबार नै गर्न नपाउने स्थिति बन्छ ।

पछिल्लो अध्यावधिक: फागुन ७, २०७९ २०:१६