close

नेपालपे क्यूआरमा जोडियो हाम्रो पे

टेकपाना टेकपाना

फागुन १३, २०७९ १८:४९

नेपालपे क्यूआरमा जोडियो हाम्रो पे

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले सञ्चालनमा ल्याएको नेपालपे क्यूआरमा 'हाम्रो पे' जोडिएको छ । योसँगै हाम्रो पात्रोको डिजिटल भुक्तानी प्लेटफर्म 'हाम्रो पे' बाट नेपालपे आबद्ध मर्चेन्टहरुमा क्यूआर स्क्यान गरेर भुक्तानी गर्न सकिनेछ ।

हाम्रो पेको क्यूआर सेक्सनमा गई यो सेवा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । ​हाम्रोपात्रोलाई नेपालको सुपर एप बनाउने उद्देश्यका साथ डिजिटल भुक्तानी सेवाका रुपमा कम्पनीले एक साताअघि 'हाम्रो पे' ल्याइको हाे, जसअन्तर्गत ५० हजार बढी प्रयोगकर्ता जोडिइसकेका छन् ।

एनसीएचएलले नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्यूआर अन्तरआबद्धता कायम गर्ने गरी नेपाल पे क्यूआर सञ्चालन गरिरहेको छ । यसमा हालसम्म दुई लाख बढी मर्चेन्ट पुगिसकेको एनसीएचएलले जनाएको छ ।

पछिल्लो अध्यावधिक: फागुन १३, २०७९ १८:४९