close

एकै सातामा भिरिन्ची कलेजका विद्यार्थीले जिते दुई ह्याकाथन प्रतिस्पर्धा

टेकपाना टेकपाना

फागुन १५, २०७९ १३:२३

एकै सातामा भिरिन्ची कलेजका विद्यार्थीले जिते दुई ह्याकाथन प्रतिस्पर्धा

काठमाडौं । ललितपुरस्थित भिरिन्ची कलेजले एक साताभित्र दुई भिन्न ह्याकाथन प्रतिस्पर्धामा पहिलाे स्थान हासिल गरेकाे छ ।

हेराल्ड डेभक्रप्स, यूआई भिजुअल्स र हेराल्ड कलेजले फागुन ३ गते आयोजना गरेको ‘कोडब्रिक्स ह्याकाथन २०२३’ मा भिरिन्ची कलेजका विद्यार्थी सर्वाेत्कृष्ट भएका थिए । सो ह्याकाथनमा भिरिन्चीका विभिन्न सेमेस्टरमा अध्ययनरत राम तामाङ, साधना सापकोटा, निश्चल तामाङ र सञ्जीव मगरले सहभागी जनाएका थिए ।

कूल १३ कलेज सहभागी उक्त ह्याकाथन दुई चरणमा भएको थियो । दाेलखा कालिञ्चोकस्थित कुरी गाउँमा भएको दोस्रो चरणकाे ह्याकाथनका लागि हेराल्ड कलेज, ब्रिटिस कलेज र भिरिन्ची छनोट भएका थिए । सो ह्याकाथन नेपालमै पहिलाे पटक उच्च स्थानमा गरिएको भिरिन्ची कलेजका प्रमुख कार्यकारी अधिकृत आकाश सिम्खडाले बताए ।

दोस्रो चरणको ह्याकाथनमा भिरिन्ची कलेजका विद्यार्थीले कुरी गाउँको फोहोर व्यवस्थापन गर्न ‘टाइडी टाउन’ नामक एक आईओटी प्रोजेक्ट बनाएका थिए । पहिलाे स्थान हासिल गरेका उनीहरुले ह्याकाथनबाट एक लाख रुपैयाँ पुरस्कार हात पारे  ।

त्यस्तै सेक्युरिटीपालले फागुन १० गते आयोजना गरेको ‘टप सेक्रेट ह्याकाथन’ मा पनि भिरिन्ची कलेज पहिलाे बनेकाे छ । दुई ओटा समूह बनाएर सहभागी भएको भिरिन्ची कलेजले तेस्रो स्थान पनि हात पारेको थियो ।

पहिलाे भएको समूहले ठोस फोहोर व्यवस्थापन गर्ने प्रविधिको डेमो तयार पारेका थिए । उनीहरुले ५० हजार रुपैयाँ हात पारे ।

त्यस्तै तेस्रो भएको कलेजको अर्को समूहले सहरमा हुने पार्किङको समाधानस्वरुप ‘पार्क ओपन’ नामक परियोजना निर्माण गरेका थिए । सो समूहले १० हजार रुपैयाँ हात पारेकाे थियाे ।

पछिल्लो अध्यावधिक: फागुन १६, २०७९ १३:२३