close

रियलमीको कोका-कोला स्मार्टफोन

टेकपाना टेकपाना

माघ २१, २०७९ १८:५४

रियलमीको कोका-कोला स्मार्टफोन

काठमाडौँ । मोबाइल कम्पनी रियलमीले कोका-कोलासँगको सहकार्यमा नयाँ स्मार्टफोन सार्वजनिक गर्दैछ । कम्पनीले रियलमी १० प्रो फाइभजी स्मार्टफोनको विशेष कोका-कोला संस्करण सार्वजनिक गर्न लागेको हो । 

यो फोन सीमित संख्यामा मात्र सार्वजनिक हुने बताइएको छ । रियलमको भारतीय आधिकारिक वेबसाइटमा प्रकाशित एक विज्ञप्तिका अनुसार कम्पनीले भारतमा कोका-कोला संस्करणको यो फोन यही फेब्रुअरी १० मा सार्वजनिक गर्दैछ । 

यो फोनको कलर कोका-कोलाको ब्राण्ड कलर जस्तै कालो र रातो हुनेछ जसलाई म्याट फिनिसिङ दिइएको बताइएको छ । 

फोनमा कोका-कोलाको ब्राण्ड नाम पनि देख्न सकिन्छ । फोनको विषयमा थप जानकारी भने आउन बाँकी नै छ 

पछिल्लो अध्यावधिक: माघ २१, २०७९ १८:५४