काठमाडौं । विभिन्न कम्पनी तथा संघसंस्थाहरूलाई साइबर सुरक्षा सम्बन्धी परामर्श सेवा दिँदै आएको नेपाली प्रविधि कम्पनी हो, ग्रिनटिक नेपाल प्रालि । सन् २०१० मा स्थापना भएको यो कम्पनीले विशेषत: आफ्ना ग्राहकहरूलाई साइबर सुरक्षा सम्बन्धी सेवा दिँदै आएको छ ।
यद्यपि यस बाहेक कम्पनीले वित्तीय परामर्श, आईटी जोखिम मूल्याङ्कन, केवाईसी अडिट, व्यापारिक परामर्श, मानव संसाधन(HR) परामर्श लगायतका सेवा पनि उपलब्ध गराउँछ । हालसम्म ग्रिनटिकले एनसेल, सुबिसु, एनएमबी बैंक लगायत १४९ बढी कम्पनी तथा संघसंस्थाहरूलाई सेवा दिइसकेको छ ।
कम्पनीले नेक्स्ट जेन सिम सोलुसनको रुपमा जीकवच नामक आफ्नो छुट्टै उत्पादन तयार पारेको छ । ओपन सोर्समा आधारित यो उत्पादनले विभिन्न कम्पनीहरूको सिस्टममा इन्ड प्वाइन्ट डिभाइसहरूको लग राख्ने काम गर्छ ।
विशेषगरी स्थानीय बजारलाई लक्षित गरी विकास गरिएको यो उत्पादनले कम्पनीहरूका लागि साइबर सुरक्षा मनिटरिङमा सघाउँछ ।
ग्रिन टिक नेपालबाट स्विफ्ट (SWIFT) को ‘डिक्सनरी अफ साइबर सेक्युरिटी सर्भिस प्रोभाइडर’को सूचीमा पर्ने एक मात्र कम्पनी हो । त्यस्तै नेपाल दूरसञ्चार प्राधिकरणले पनि यो कम्पनीलाई आईएस अडिट (IS audit) र क्लाउड अडिट (Cloud audit) गर्ने उत्कृष्ट कम्पनीहरूको सूचीमा समावेश गरेको छ ।
साथै अमेरिकामा रहेर साइबर सुरक्षामा काम गर्ने संस्था एमएसएसपी (MSSP) ले ग्रिनटिकलाई साइबर सुरक्षामा काम गर्ने विश्वको उत्कृष्ट २५० कम्पनी भित्र राखेको छ । प्रविधि, स्वास्थ्य, हस्पिटालिटी (होटेल तथा रिसोर्ट जस्ता आतिथ्यता सम्बन्धी सेवा क्षेत्र), मिडिया लगायतका १५ बढी क्षेत्रमा यो कम्पनीले आफ्नो सेवा विस्तार गरेको छ ।
सूचना प्रविधि, वित्त, अडिटिङ जस्ता क्षेत्रमा दुई दशक लामो समय बिताएका सविन थापाले ग्रीन टिक नेपालको स्थापना गरेका हुन् । हाल यो कम्पनीमा ४० जना भन्दा बढीले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् ।
यूएसपीः म्यानुअल टेस्टिङ । आफैँले तयार पारेको जनशक्तिमार्फत सेवा ।
अवार्ड तथा सर्टिफिकेसनः एमएमएसपीको विश्वका २५० साइबर सुरक्षा कम्पनीमा सूचीकृत । स्विफ्टमा सूचीकृत । आईओएसओ २७००१ मान्यता प्राप्त ।
उद्देश्य तथा लक्ष्य: ग्राहकको संगठनात्मक समस्याहरू समाधान गर्दै उनीहरुको व्यवसायको दिगोपनका लागि परामर्श (कन्सल्टेन्ट) क्षेत्रमा बेन्चमार्कको रुपमा स्थापित हुने