close

अन्तर्राष्ट्रिय साइबर सुरक्षा प्रदर्शनीमा सहभागी हुदैँ नेपाली कम्पनी ग्रिन टिक

टेकपाना टेकपाना

फागुन २९, २०७९ ९:१७

अन्तर्राष्ट्रिय साइबर सुरक्षा प्रदर्शनीमा सहभागी हुदैँ नेपाली कम्पनी ग्रिन टिक

काठमाडौं । मंगलबारदेखि दुबईमा आयोजना हुन गइरहेको गल्फ इन्फरमेसन सेक्युरिटी एक्स्पो एन्ड कन्फ्रेन्स (जिसेक) ग्लोबलमा सहभागी हुन नेपालबाट ग्रिन टिक नेपाल प्रा.ली पनि सहभागी हुने भएको छ । 
यस कार्यक्रममा नेपालबाट सहभागी हुने ग्रिन टिक एकमात्र निजी कम्पनी हो ।    

कार्यक्रममा कम्पनीले आफ्नो म्यानुअल पेनिट्रसेन टेस्टिङ सम्बन्धी टुलको प्रदर्शनी गर्नेछ । उक्त टुलले कसरी काम गर्छ यसलाई प्रयोग गर्न सकिन्छ लगायतका विषयमा पनि कम्पनीले जानकारीहरू दिनेछ । 
ग्रिन टिकले सन् २०१० देखि साइबर सुरक्षाको क्षेत्रमा काम गर्दे आएको छ । 

कार्यक्रममा मध्यपूर्वी, अफ्रिका र एसिया क्षेत्रबाट ४० देशका साइबर सुरक्षा सम्बन्धी काम गर्ने संघसंस्थाहरूसँगै र ले सहभागिता जनाउनेछन् । कार्यक्रम यही सोमबारदेखि १६ मार्चसम्म चल्नेछ ।   
  

पछिल्लो अध्यावधिक: फागुन २९, २०७९ ९:१७