close

डिशहोमको आईपीटिभी सेवा: एचडी क्वालिटीमा आईपीएल क्रिकेट हेर्न पाइने

टेकपाना टेकपाना

चैत १७, २०७९ १४:३३

डिशहोमको आईपीटिभी सेवा: एचडी क्वालिटीमा आईपीएल क्रिकेट हेर्न पाइने

काठमाडौं । आजदेखि सुरु हुन लागेको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताका सबै खेल एचडी क्वालिटीमा 'डिशहोम आईटिभी' मा हेर्न सकिने भएको छ ।

कम्पनीले डीटीएच र टेरेस्ट्रियलभन्दा फरक प्रविधि इन्टरनेट प्राटोकलमा आधारित रहेर प्रिमियम आईपीटिभीका रुपमा 'डिशहोम आईटिभी' सञ्चालन गरिरहेको छ । 

यसअन्तर्गत आईपीएलका प्रत्येक खेल उच्च गुणस्तरमा हेर्न सकिने कम्पनीले जनाएको छ । साथै यसमा कोरियन, पाकिस्तानी, इरानी, वुल्गेरियन आदि सिरिजहरू ग्राहकले आफूले चाहेको समयमा हेर्न सक्नेछन् ।

इन्टरनेट प्रोटोकल नेटवर्कमार्फत टेलिभिजन सिग्नल प्राप्त हुने भएकाले यो सेवा लिनका लागि डिशहाेमकाे इन्टरनेट कनेक्सन हुन जरुरी छ । ग्राहकले नजिकैको डिलर दाइ वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गरेर डिशहोम फाइबरनेट जडान गरी डिशहोमको आईपीटिभी जडान गर्न सक्नेछन् ।

 'डिशहोम आईटिभी' मा एस्क्लुसिभ, प्रिमियम र एचडी टिभी च्यानलहरूको मज्जा लिन सकिने कम्पनीले उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: चैत १७, २०७९ १४:३३