काठमाडौं । शुक्रबार शुक्रबार साँझ ६ बजेदेखि राति ८ बजेसम्म नबिल बैंकको अनलाइन सेवा अवरूद्ध हुने भएकाे छ । यसअन्तर्गत अनलाइन खाता खोल्ने प्रणाली र भिडिओ केवाईसी सेवा अवरुद्ध हुने बैंकले जनाएकाे छ ।
"आज शुक्रबार नबिल बैंकको अनलाइन खाता खोल्ने प्रणालीको मर्मत कार्य हुन गइरहेकाले मर्मत अवधिभर हाम्रो अनलाइन खाता खोल्ने प्रणाली र भिडिओ केवाईसी सेवा अवरुद्ध हुने जानकारी गराउँदछौं," एक सूचना जारी गर्दै बैंकले भनेकाे छ ।
बैंकका अनुसार सिस्टमकाे मर्मत सम्भारपछि अनलाइन सेवा पुनः सञ्चालनमा आउने छ ।