close

लर्डबुद्धका ८० भन्दा बढी विद्यार्थीलाई २१ आईटी कम्पनीमा इन्टर्नशिपको मौका

टेकपाना टेकपाना

चैत २८, २०७९ ९:२९

लर्डबुद्धका ८० भन्दा बढी विद्यार्थीलाई २१ आईटी कम्पनीमा इन्टर्नशिपको मौका

काठमाडौं । लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका ८० भन्दा बढी विद्यार्थीहरूलाई विभिन्न २१ ओटा आईटी कम्पनीमा इन्टर्नशिप गर्ने मौका प्राप्त भएको छ । लर्ड बुद्ध एजुकेसन फाउण्डेसन अन्तर्गतको प्लेसमेन्ट ड्राइभ २०२३ अन्तर्गत कलेजमा आईटी र बीबीएम अध्ययन गरेका विद्यार्थीलाई शुक्रबार एक कार्यक्रमबीच इन्टर्नशिपको व्यवस्था मिलाइएको हो ।

सहभागी २१ ओटा कम्पनीहरू कलेजमै सहभागी भएर उपयुक्त तथा उत्कृष्ट प्रतिभा छनौट गरेका थिए । त्यस्तै शनिबार नै ३५ भन्दा बढी विद्यार्थीले अन्तिम प्लेसमेन्टका लागि दोस्रो चरणको पत्र समेत प्राप्त गरेका छन् ।

सन् २०२१ मा करियर प्लेसमेन्ट सहायताका लागि लर्ड बुद्ध एजुकेसन फाउन्डेसन फाउन्डेसन र ट्यालेन्ट कनेक्टबीच रणनीतिक साझेदारी भएको थियो । रोजगारदाता र उद्योगका लागि तयार विद्यार्थीबीच पुलको काम गर्ने उद्देश्यका साथ उक्त साझेदारी सुरु भएको हो ।

हालसम्म यसबाट एक सय भन्दा बढी विद्यार्थी लाभान्वित भएको ट्यालेन्ट कनेक्ट्सले जनाएको छ । लर्ड बुद्धका विद्यार्थीलाई इन्टर्नशिपको मौका दिने कम्पनीहरूमा लिपफ्रग, जेनेसिस सोलुसन, टेकरिडा, माइन्ड्स टेक्नोलोजिज, इन्फोडेभलपर्स, एयरलिफ्ट टेक्नोलोजी, वेबसर्फर नेपाल कम्युनिकेसन सिस्टम, हिटाची इनर्जीमा, सोर्सकोड प्रालि लगायत रहेका छन् । 

पछिल्लो अध्यावधिक: चैत २८, २०७९ १०:१८