close

टेलिकमको स्प्रिङ अफर, ८ हजारमै एक वर्षका लागि इन्टरनेट जोड्न सकिने

टेकपाना टेकपाना

चैत २८, २०७९ १९:३७

टेलिकमको स्प्रिङ अफर, ८ हजारमै एक वर्षका लागि इन्टरनेट जोड्न सकिने

काठमाडौं । नेपाल टेलिकमले आफ्ना एफटीटीएच र मोबाइल सेवा प्रयोगर्कताका लागि 'स्प्रिङ अफर' ल्याएको छ । चैत २९ गतेदेखि तीन महिनासम्म सञ्चालन हुने यस अफरमा विभिन्न प्याकेज ल्याइएको छ ।

यसअन्तर्गत डेटा सुविधा मात्र उपलब्ध भएको एफटीटीएच प्याकेज अब वार्षिक आठ हजार रुपैयाँमा उपलब्ध हुनेछ । पहिलेदेखि नै एफटीटीएच भ्वाइस सेवा प्रयोग गरिरहेका ग्राहकलाई भने यो प्याकेज वार्षिक छ हजार रुपैयाँमा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

साथै, कम्पनीले एक वर्षे प्याकेज तथा आईपीटिभी कम्बो प्याकेजमा हाल उपलब्ध गराइरहेको २५ एमबिपिएस स्पिडलाई बढाएर ३० एमबीपीएस बनाइएको छ । त्यसैगरी एनटीटीभी सहितको प्याकेज लिने ग्राहकले वार्षिक १२ हजार रुपैयाँमा २० एमबीपीएसको इन्टरनेट, ३,००० हजार मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा र एनटीटीभी सेवा पाउनेछन् ।

यस अलावा विगतका विभिन्न प्रकारका भ्वाइस प्याक, डेटा प्याक, कम्बो प्याक, एसएमएस प्याक, सीयूजी प्याक, पोस्टपेड प्याक लगायतका अन्य प्याकलाई निरन्तरता दिइएको छ ।

सजिलो अनलिमिटेड प्रिपेड प्याकेजमा दैनिक रुपमा प्राप्त डेटा खपत भएपश्चातको डेटा 'थ्रोटिङ स्पिड' मा बढोत्तरी गरिएको छ । प्याकेजमा प्राप्त दैनिक प्रयोगका लागि उपलब्ध डेटा सेवाको खपतपछि उत्ति नै स्पिडको सेवा प्रयोग गर्नुपरेमा *1442# डायल गरी सुलभ दरको एड अन प्याक (Add On Pack) पनि प्राप्त गर्न सकिन्छ ।  
 
स्प्रिङ अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले *1415*1#​ डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: चैत २८, २०७९ १९:३७