काठमाडौं । अनलाइन माध्यम बाहेक अन्य माध्यमबाट बुझाइएको परीक्षा आवेदन स्वीकार्य नहुने नेपाल मेडिकल काउन्सिलले जनाएको छ । आउँदो २०८० को जेठमा हुने नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षाका लागि अनलाइन आवेदन अनिवार्य गरिएको हो ।
काउन्सिलले एक सूचना जारी गर्दै वैशाख ४ गते देखि जेठ २ गतेसम्म नियमित र जेठ ३ र ४ गते विलम्ब शुल्क सहित लाइसेन्स परीक्षाको आवेदन फारम भर्न सकिने बताएको छ ।
सो फारमका लागि परीक्षार्थीले अनिवार्य रुपमा अनलाइन आवेदन भर्नुपर्ने सूचनामा उल्लेख छ । साथै अनलाइन बाहेकको माध्यमबाट बुझाएको आवेदन र फार र शुल्क मान्य नहुने काउन्सिलले जनाएको छ ।
अनलाइन फारममा भर्नको लागि यहाँ क्लिक गर्नहोस् । वैशाख ४ गतेदेखि मात्र आवेदनको फारम खुल्नेछ ।