close

स्न्यापच्याटको ‘डार्क मोड’ फिचर, आईओएसमा निशुल्क एन्ड्रोइडलाई मासिक ५०० लाग्ने

टेकपाना टेकपाना

बैशाख २, २०८० ११:४५

स्न्यापच्याटको ‘डार्क मोड’ फिचर, आईओएसमा निशुल्क एन्ड्रोइडलाई मासिक ५०० लाग्ने

काठमाडौं । अब स्न्यापच्याटको एन्ड्रोइड एपमा ‘डार्क मोड’ फिचर उपलब्ध हुने भएको छ । हालै बाहिरिएको एक जानकारीका अनुसार सो फिचर ल्याउन कम्पनीले तयारी गरिरहेको छ । 

यो फिचर प्रयोग गर्न प्रयोगकर्ताले मासिक चार डलर (करिब ५०० रूपैयाँ) शुल्क तिरेर स्न्यापच्याट प्लसको सब्स्क्रिप्सन लिनुपर्ने बताइएको छ । त्यस्तै फिचरमा ‘म्याच सिस्टम’, ‘अल्वेज लाइट’ र ‘अल्वेज डार्क’ गरी तीन विकल्प उपलब्ध हुने जनाइएको छ । 

यो जानकारी बाहिरिए पछि रेडिटमा प्रयोगकर्ताहरूले कम्पनीको उक्त कदम माथि भने नकारात्मक टिप्पणी गरिरहेका छन् । 

सन् २०१९ मा सार्वजनिक भएको एन्ड्रोइड १० मा डार्क मोड फिचर उपलब्ध छ । त्यसपछि अरु एपमा उक्त फिचर प्रयोग गर्न सकिने भए पनि स्न्यापच्याटमा भने प्रयोग गर्न सकिँदैन थियो । 

तर कम्पनीले आईओएसमा भने यो फिचर सन् २०१९ बाट निशुल्क उपलब्ध गराउँदै आएको छ । कम्पनीले भने यस विषयमा कुनै औपचारिक जानकारी दिएको छैन । 


 

पछिल्लो अध्यावधिक: बैशाख २, २०८० ११:४५