close

विद्यालयको पुस्तक पाउनुभएन ? अनलाइनबाट यसरी गर्नुहोस् निःशुल्क डाउनलोड

टेकपाना टेकपाना

बैशाख ११, २०८० १५:३७

विद्यालयको पुस्तक पाउनुभएन ? अनलाइनबाट यसरी गर्नुहोस् निःशुल्क डाउनलोड

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेबसाइटमा विद्यालय तहका पाठ्यसामग्री उपलब्ध गराएको छ । यसबाट नि:शुल्क रुपमा किताब डाउनलोड गरेर अध्ययन गर्न सकिन्छ ।

यस सुविधाले समयमा किताब हात नपारे पनि अध्ययन/अध्यापनमा सहयोग गरेको छ । तर यस विषयमा ऐच्छिक विषयहरू भने उपलब्ध छैनन् । केन्द्रको वेबसाइटबाट किताब डाउनलोड गर्न केही तरिका छन् ।

पहिलो तरिका 

-सुरुमा यहाँ क्लिक गरी वेबसाइटमा जानुहोस् ।

-स्क्रोल गर्दै तल जानुहोस् ।

-त्यहाँ माथिको जस्तो आइकनहरू देखिन्छ । अब त्यहाँ ‘पाठ्यक्रम’मा क्लिक गर्नुहोस् ।

दोस्रो तरिका

-वेबसाइटमा जानुहोस् ।

-अब स्क्रोल गर्दै वेबसाइटको सबैभन्दा तल जानुहोस् ।

-त्यहाँ विभिन्न सेक्सन देखिन्छ । तीमध्ये ‘प्रकाशन’ सेक्सनको सबैभन्दा तल भएको ‘पाठ्यपुस्तक’ मा क्लिक गर्नुहोस् । यी दुवै तरिकापछि तलको जस्तो इन्टरफेस भएको नयाँ ट्याबमा पुगिन्छ ।

 

-त्यहाँ तपाईंले कक्षा १ देखि १२ सम्मको अनिवार्य विषय देख्नुहुन्छ । ती पढ्न ‘डाउनलोड’ मा थिच्नुहोस् । 

-थप किताबहरू हेर्न तालिकाको तल रहेको अङ्क वा नेक्स्टमा क्लिक गर्नुहोस् ।

-त्यसो नगरी सिधैं किताब खोज्न भने माथि दायाँमा रहेको सर्च बक्समा नाम लेख्नुहोस्। 

यसरी तपाईँले विद्यालय तहको अनिवार्य विषय नि:शुल्क डाउनलोड गर्न सक्नुहुन्छ ।

नोट: यहाँ टिप्समा नेपाली भाषा प्रयोग गरिएको छ । तपाईंले गर्दा अङ्ग्रेजी भए वेबसाइटको सबैभन्दा माथि दायाँमा भाषा परिवर्तन गर्ने विकल्प छ । त्यहाँबाट भाषा परिवर्तन गर्न सक्नुहुन्छ । तरिका भने एउटै रहेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ११, २०८० १५:३८