close

डिजिटल भुक्तानी प्रवर्द्धनमा योगदान पुर्‍याए वापत एनसीएचएल सम्मानित

टेकपाना टेकपाना

बैशाख १५, २०८० १७:२७

डिजिटल भुक्तानी प्रवर्द्धनमा योगदान पुर्‍याए वापत एनसीएचएल सम्मानित

काठमाडौं । नेपालको विद्युतीय भुक्तानी प्रवर्द्धनमा योगदान पुर्‍याए वापत नेपाल राष्ट्र बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) लाई सम्मान गरेको छ । राष्ट्र बैंकले डिजिटल भुक्तानीमा कनेक्टआईपीएस प्रणालीले खेलेको भूमिकालाई कदर गर्दै आफ्नो ६८ औं वार्षिकोत्सवका दिन एनसीएचएललाई प्रशंसापत्र प्रदान गरेको हो ।  

राष्ट्र बैंकले चालू आर्थिक वर्षलाई विद्युतीय भुक्तानी प्रवर्द्धन वर्ष भनेर घोषणा गरेको छ । वार्षिकोत्सवको विशेष अवसरका दिनमा डिजिटल भुक्तानी प्रणालीका सेवाहरु सञ्चालन गर्दै आइरहेका विभिन्न संघ संस्थाहरूलाई राष्ट्र बैंकले सम्मान गरेको हो ।  

आर्थिक वर्ष २०७९/८० को चैत्र मसान्त सम्म कनेक्टआईपीएस मार्फत २८ खर्ब ४९ अर्ब रुपैयाँ बराबरको कारोबार फर्छ्यौट भएको कम्पनीले जनाएो छ । उक्त प्रणालीबाट खाता तथा वालेटमा गरिने फन्ड 

ट्रान्सफर, व्यावसायिक भुक्तानी नेपाल सरकारको राजस्व, सेवा वापतको रकम संकलन तथा विभिन्न भुक्तानीका कारोबारहरू हुँदै आएका छन् । 

 

पछिल्लो अध्यावधिक: बैशाख १५, २०८० १७:२७