close

संघीय संसदमा विद्युतीय हाजिरी लागू गर्न सभामुखको निर्देशन

टेकपाना टेकपाना

बैशाख २४, २०८० १५:४५

संघीय संसदमा विद्युतीय हाजिरी लागू गर्न सभामुखको निर्देशन

काठमाडौं । संघीय संसदमा विद्युतीय हाजिरी (ई-हाजिरी) राखिने भएको छ । आज सिंहदरबारमा प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले यस बारे निर्णय गरेको हो । 

बैठकपछि प्रतिनिधि सभाको सभामुख देवराज घिमिरेले ई-हाजिरीको तयारी गर्न सचिवालयलाई निर्देशन दिएको छ । 

त्यस्तै अब सांसदहरुको उपस्थितिलाई वेबसाइटमार्फत समेत सार्वजनिक गरिने भएको छ । संसद सचिवलायका सहायक प्रवक्ता तथा सूचना अधिकारी दशरथ धमलाले टेकपानासँग कुरा गर्दै यसको काम छिट्टै अगाडि बढाउने जानकारी दिए ।

“हामीले यी दुवै काम अगाडि बढाउने निर्देशन पाइसकेका छौं,” उनले भने, “ठ्याक्कै कहिलेबाट काम सुरू हुन्छ भनेर त भन्न सकिएन । तर प्रकिया अगाडि बढिसकेको छ ।”

यो व्यवस्था भए पछि सांसद हाजिर गरेर हिँड्ने प्रवृत्ति रोकिने विश्वास लिइएको छ । 

 

पछिल्लो अध्यावधिक: जेठ ८, २०८० १३:३८