काठमाडौं । गुगल क्रोम इन्टरनेटमा सर्वाधिक बढी प्रयोग गरिने ब्राउजर हो । हाम्रा अधिकांश काम यसबाट सहजै सम्पन्न भइरहेका हुन्छन् । तर, कहिलेकाहीँ क्रोममा यस्ता समस्या आइदिन्छन्, जसले हाम्रो कामलाई नै प्रभाव पारेको हुन्छ ।
आज हामी आफ्नो डेस्कटपमा तपाईंले क्रोमबाट फोटो डाउनलोड गर्न सक्नुभएन भने के गर्ने भन्ने विषयमा जानकारी दिँदैछौं ।
क्रोममा फोटो डाउनलोड गर्न वा सेभ गर्न किन समस्या आउँछ ?
क्रोममा फोटो सेभ वा डाउनलोड गर्दा केही समस्या भयो भने यही कारणले त्यस्तो समस्या आएको भन्ने हुँदैन । त्यसमा थुप्रै कारण रहेका हुन्छन् । तर, ती समस्या सधैंभर रहिरहन्छन् भन्ने चाहिँ हुँदैन ।
हामीले सामान्य सेटिङ परिवर्तन गरेर त्यस्ता समस्या वा क्षणिक कमजोरी हटाउन सक्छौं । विशेषगरी लामो समयसम्म अपडेट नगरेर क्रोम प्रयोग गरिरहनु भएको छ भने यस्तो समस्या आइरहेको हुनसक्छ । यहाँ क्रोममा आउन सक्ने समस्या र त्यसका समाधानका उपायबारे चर्चा गरिएको छ । आधारभूत तहबाट समस्या समाधान गर्न खोज्नुहोस् ।
तपाईंले गुगल क्रोम चलाउँदा चलाउँदै फोटो सेभ नहुने समस्या फेला पार्नुभयो भने सबैभन्दा पहिले तपाईंले क्रोममा भएका सबै ट्याब हटाएर एप क्लोज (बन्द) गर्नु हो ।
क्रोममा धेरै ट्याबहरू खुलेको अवस्थामा डिभाइसले ट्याबको भार थाम्न नसकेर फोटो डाउनलोड नहुने समस्या देखिएको हुनसक्छ । त्यसैले गुगल क्रोमलाई बन्द गरेर पुनः खोल्नु उच्चतम उपाय हो ।
गुगल क्रोम अपडेट गर्नुहोस्
तपाईंले लामो समयदेखि पुरानै अपडेटको क्रोम प्रयोग गर्नु भएको छ भने पनि बारम्बार फोटो सेभ नहुने समस्याको सामना गरिरहनु पर्ने हुनसक्छ । त्यसैले कम्पनीले उपलब्ध गराएका हरेक पछिल्लो अपडेट इन्स्टल गर्नुहोस् ।
नयाँ अपडेट इन्स्टल गर्नका लागि तलको प्रक्रिया अपनाउनुहोस्:
- सबैभन्दा पहिले गुगल क्रोम खोल्नुहोस् ।
- त्यसपछि दायाँपट्टि भएको तीन ओटा डटमा ट्याप गर्नुहोस् ।
- यति गरेपछि अन्तिमतिर भएको हेल्पको अप्सनमा गएर 'अबाउट गुगल क्रोम' को अप्सन छान्नुहोस् ।
- त्यसपछि क्रोमले अपडेट उपलब्ध रहेछ भने आफैं डाउनलोड गर्छ ।
- एक पटक क्रोम अपडेट भइसकेपछि गुगल क्रोम बन्द गरेर पुनः एप खोल्नुहोस् ।
अनावश्यक एक्सटेन्सन डिसेबल गर्नुहोस्
हामीले कम्प्युटरमा अनावश्यक रूपमा कैयौं एक्सटेन्सन इन्स्टल गरेका हुन्छौं । त्यस्ता एक्सटेन्सनले गर्दा क्रोममा समस्या आइरहको हुनसक्छ । त्यसैले तपाईंले आफूलाई आवश्यक पर्ने क्रोम एक्सटेन्सन इन्स्टल गर्नु भएको छ भने त्यसलाई तत्कालै हटाउनुहोस् ।
क्रोम एक्सटेन्सन हटाउन तलको प्रक्रिया अपनाउनुहोस्
- सबैभन्दा पहिले गुगल क्रोम खोल्नुहोस् ।
- त्यसपछि माथि दायाँपट्टि रहेको तीन ओटा डटमा क्लिक गर्नुहोस् ।
- अनि, त्यहाँ भएको 'एक्सटेन्सन'को अप्सनमा जानुहोस् ।
- आफूले हटाउन चाहेको एक्सटेन्सनको तल हटाउने वा डिसेबल गर्ने विकल्प हुन्छ ।
- यदि उक्त एक्सटेन्सनका कारण समस्या निम्तिएको हो भन्ने लागेमा डिसेबल गर्नुहोस् । अन्यथा एप काम नलाग्ने छ भने हटाउन पनि सक्नुहुन्छ ।
कुकिज डेटा तथा क्यास हटाउनुहोस्
गुगल क्रोमले प्रयोगकर्तालाई तीब्र स्पीडको अनुभव दिन कुकिज तथा क्यास सेभ गर्ने गर्छ । तर, केही अवस्थामा भण्डारण भएका क्यास तथा कुकिजले ब्राउजरमा समस्या निम्त्याएका हुन्छन् । त्यसैले तपाईंले त्यस्ता कुकिज हटाउनु नै उपयुक्त नै हुन्छ ।
कुकिज र क्यास हटाउन तलको प्रक्रिया अपनाउनुहोस्:
- सबैभन्दा पहिले गुगल क्रोम खोल्नुहोस् ।
- त्यसपछि माथि दायाँपट्टिको तीन ओटा डटमा ट्याप गर्नुहोस् ।
- यति गरेर सेटिङको अप्सनमा जानुहोस् ।
- अनि प्राइभेसी एण्ड सेटिङको अप्सनमा जानुहोस् ।
- त्यसपछि क्लियर ब्राउजिङ डेटाको अप्सन छान्नुहोस् ।
विन्डोव फायरवाल त्यस्तो टुल हो, जसले सिस्टमलाई भाइरस तथा मालवेयरबाट सुरक्षित राख्न मद्दत गर्छ । तर, विन्डोज डिफेन्डरकै कारण पनि फोटो डाउनलोड नभएको हुनसक्छ ।
त्यसका लागि तपाईंले सबैभन्दा पहिले विन्डोज डिफेन्डर खोल्नुपर्ने हुन्छ । त्यसपछि गुगल क्राेमलाई विन्डोज फायरवालमा पहुँच दिनुभयो भने यो समस्या समाधान हुन सक्छ ।
त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्:
- सबैभन्दा पहिले 'स्टार्ट' मेनुमा जानुहोस् र विन्डोज डिफेन्डर सर्च गरेर इन्टर थिच्नुहोस् ।
- त्यसपछि बायाँपट्टि रहेको 'फायरवाल एन्ड नेटवर्क प्रोटेक्सन' अप्सन छान्नुहोस् ।
- अनि 'अलाउ एन एप थ्रु द फायरवाल' अप्सनमा क्लिक गर्नुहोस् ।
- र, चेन्ज सेटिङमा ट्याप गर्नुहोस् ।
- त्यसपछि गुगल क्रोमको अप्सन खोजेर पब्लिक र प्राइभेट लेखेका बक्समा टिक लगाउनुहोस् ।
- अनि सेटिङ सेभ गर्नुहोस् र डिभाइस रिस्टार्ट गरेर पुनः गुगल क्रोम खोली फोटो डाउनलोड गर्नुहोस् ।
क्रोम अनइन्स्टल गरेर पुनः इन्स्टल गर्नुहोस्
तपाईंले केही गर्दा पनि फोटो सेभ नहुने समस्या समाधान भएन भने अन्तिम विकल्प भनेको एप अनइन्स्टल गरेर पुनः इन्स्टल गर्नु हो । त्यसका लागि तलको तरिका अपनाउनुहोस् ।
- सबैभन्दा पहिले विन्डोज की थिचेर कन्ट्रोल प्यानल खोल्नुहोस् ।