close

अब भारतमा नेपाल टेलिकमको रोमिङ शुल्क प्रति मिनेट ७ रुपैयाँ मात्र *

टेकपाना टेकपाना

जेठ २, २०८० ११:३५

अब भारतमा नेपाल टेलिकमको रोमिङ शुल्क प्रति मिनेट ७ रुपैयाँ मात्र *

काठमाडौं । नेपाल टेलिकमले भारतमा नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल दर कम गरेको छ । मे १७ मा मनाइने आईटीयू डे २०२३ को अवसरमा कम्पनीले भोलि अर्थात् बुधबारदेखि नयाँ महसुल दर कायम हुने बताएको छ । 

नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइल लिएर भारत जाने सेवाग्राहीले भारतकै कुनै नम्बरमा कल गर्दा प्रति मिनेट ७ रुपैयाँ शुल्क लाग्नेछ । त्यसैगरी नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि प्रति मिनेट ७ रुपैयाँ लाग्नेछ भने एसएमएस गर्दा पनि प्रति एसएमएस ७ रुपैयाँ नै लाग्नेछ ।  

हाल भारतको कुनै नम्बरमा कल गर्दा ३० रुपैयाँ र अन्य नम्बरबाट आएको कल उठाउँदा १४ रुपैयाँ र एसएमएस गर्दा २४ रुपैयाँ लाग्ने व्यवस्था छ ।  

त्यसैगरी थाइल्यान्डमा नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइलबाट कुनै थाइल्यान्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा प्रति मिनेट ५० रुपैयाँ लाग्नेछ । त्यसैगरी आएको कल उठाउँदा प्रति मिनेट २५ रुपैयाँ र एसएमएस गर्दा प्रति एसएमएस १० रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।  

हाल थाइल्यान्डको कुनै नम्बरमा कल गर्दा १३५ रुपैयाँ र अन्य नम्बरबाट आएको कल उठाउँदा ९० रुपैयाँ लाग्ने व्यवस्था छ । एसएमएस गर्दा भने प्रति एसएमएस ३४ रुपैयाँ लाग्छ । साथै डेटा चलाउँदा हाल प्रति एमबी ४० रुपैयाँ शुल्क भएकोमा अब प्रति १०० केबी ०.४९ पैसा मात्र लाग्नेछ । यस अनुसार प्रति एमबी करिव ५ रुपैयाँ मात्र लाग्नेछ ।  

**सच्याइएको: समाचारको शिर्षक र विषयवस्तुमा त्रुटी हुन गएकोले सच्याइएको छ । यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्राथी छौँ । 


 

पछिल्लो अध्यावधिक: जेठ २, २०८० १५:४५