काठमाडौं । सरकारले हाइड्रोजन इन्धनको उत्पादन तथा प्रयोगको सन्दर्भमा अध्ययन कार्य अगाडि बढाउने भएको छ ।
शुक्रबार संसद्मा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम मार्फत यस्तो नीति लिइएको हो ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले हाइड्रोजन इन्धनको उत्पादन र उपयोगको सम्भाव्यता अध्ययन गरिने बताए । “खाना पकाउने ग्यासलाई क्रमशः विद्युत्बाट प्रतिस्थापन गरिनेछ,” उनले भने, “हरित ऊर्जाको उत्पादनमा निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ ।