close

तपाईँको फेसबुकमा आयो प्रोफाइल लक फिचर ?

टेकपाना टेकपाना

जेठ १५, २०८० १६:१३

तपाईँको फेसबुकमा आयो प्रोफाइल लक फिचर ?

काठमाडौं । फेसबुकले प्रयोगकर्ताको गोपनीयता सुरक्षित राख्न तीन वर्षअघि भारतमा ‘प्रोफाइल लक’ फिचर सार्वजनिक गरेको थियो । विशेषगरी भारतका महिलामाथि फेसबुकमा दुर्व्यवहार तथा ठगीका घटना बढेपछि कम्पनीले यो फिचर सार्वजनिक गरेको गरेको थियो । 

विस्तारै त्यस्ता क्षेत्र जहाँ गोपनीयतालाई बढी प्राथमिकता दिइन्छ वा प्रयोगकर्ताको गोपनीयता देशका लागि प्रमुख चुनौतीको विषय हुन्छ त्यस्तो क्षेत्रमा कम्पनीले प्रोफाइल लक फिचर उपलब्ध गराउन थालेको थियो । 

नेपालमा भने फेसबुकले औपचारिक रूपमा ‘प्रोफाइल लक फिचर’ उपलब्ध गराएको सूचना निकालेको छैन । पछिल्लो समय नेपालमा केही प्रयोगकर्ताको आफ्नो अकाउन्टमा प्रोफाइल लकको अप्सन देखिन थालेको छ । 

के हो फेसबुकमा हुने प्रोफाइल लक फिचर ?

यो त्यस्तो फिचर हो जसलाई इनेबल (लागू) गरेको अवस्थामा तपाईंले फेसबुकमा राखेका पोस्ट, स्टोरी, फोटो, रिल, भिडिओ वा अन्य कुनै अपडेट तपाईंसँग साथी भएका व्यक्तिले मात्र देख्न पाउँछन् । त्यस्तै तपाईंको फेसबुक प्रोफाइल वा कभर फोटो जुम गरेर हेर्न पाउने सुविधा पनि तपाईंसँग एड भएका अकाउन्टलाई मात्र हुन्छ । 

‘प्रोफाइल लक’ फिचरले तपाईंले अपलोड गरेका सबै पोस्ट बाह्य प्रोफाइलले नदेख्ने गरी हाइड गरेको हुन्छ । त्यस्तै प्रोफाइल लक गरेको अकाउन्टको प्रोफाइलको स्क्रिनशट पनि कसैले  लिन सक्दैन । त्यसैले यो फिचर प्रयोगकर्ताको गोपनीयता सुरक्षित राख्न महत्त्वपूर्ण हुने कम्पनीको विश्वास छ । यससँगै कम्पनीले प्रोफाइल गार्ड फिचर पनि उपलब्ध गराउन गराएको थियो । प्रोफाइल गार्ड फिचरले पनि प्रोफाइल लक फिचरको जस्तै काम गरेको हुन्छ ।

प्रोफाइल लग फिचर उपलब्ध छ वा छैन हेर्नका लागि तलको प्रक्रिया अपनाउनुहोस्

-सबैभन्दा पहिले फेसबुक एप खोल्नुहोस् । 

-त्यसपछि माथि दायाँपट्टि भएको प्रोफाइलको आइकनमा गई आफ्नो नाममा ट्याप गर्नुहोस् । 

-अनि, एड टु स्टोरीको बक्सको छेउमा रहेको तीन ओटा थोप्लोमा ट्याप गर्नुहोस् । 

-र, त्यहाँ  ‘लक प्रोफाइल’ को अप्सन देखिएको छ भने तपाईंले आफ्नो प्रोफाइलमा सो फिचर उपलब्ध छ भन्ने बुझ्न सक्नुहुन्छ । 

-यदि उक्त फिचर इनेबल गर्न चाहनु हुन्छ भने लक प्रोफाइल अप्सनमा ट्याप गर्नुहोस् ।

-अनि तलपट्टि रहेको ‘लक योर प्रोफाइल’ अप्सनमा ट्याप गर्नुहोस् । 

-यति गर्नुभयो भने तपाईंको प्रोफाइल लक हुन्छ ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८० १६:१३