close

विदेशी मुद्रा आर्जन गर्ने आईटी कम्पनीलाई पाँच वर्षसम्म आयकरमा ५० प्रतिशत छुट

टेकपाना टेकपाना

जेठ १७, २०८० १३:५७

विदेशी मुद्रा आर्जन गर्ने आईटी कम्पनीलाई पाँच वर्षसम्म आयकरमा ५० प्रतिशत छुट

काठमाडौं । अब विदेशी मुद्रा आर्जन गर्ने सूचना प्रविधि (आईटी) कम्पनीले प्राप्त गरेको आयमा लाग्ने करमा ५० प्रतिशत छुट पाउने भएका छन् । सोमबार संघीय संसदमा पेश गरिएको आर्थिक विधेयक २०८० मा यस्तो व्यवस्था गरिएको हो ।

नेपालमा रहेर सूचना प्रविधिमा आधारित बिजनेस प्रोसेसिङ, आउटसोर्सिङ, सफ्टवेयर प्रोग्रामिङ, क्लाउड कम्प्युटिङ लगायतका सेवा सञ्चालन गरिरहेका कम्पनीले अबको पाँच वर्षसम्म आयकरमा ५० प्रतिशत छुट पाउने विधेयकमा उल्लेख छ ।

"सूचना प्रविधिमा आधारित सेवा निर्यात गरी सो वापत विदेशी मुद्रा आर्जन गरेमा त्यस्तो व्यक्तिलाई आर्थिक वर्ष २०८४/८५ सम्म विदेशी मुद्रामा प्राप्त गरेको आयको हदसम्म लाग्ने करमा ५० प्रतिशत हुनेछ," विधेयकमा लेखिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १७, २०८० १३:५७