close

बजेट ईभी सिट्रोन सी थ्रीको बुकिङ खुला, मूल्य ३२ लाख ९९ हजार

टेकपाना टेकपाना

जेठ २३, २०८० ९:८

बजेट ईभी सिट्रोन सी थ्रीको बुकिङ खुला, मूल्य ३२ लाख ९९ हजार

काठमाडौं । नेपालमा सिट्रोन ई-सी थ्रीको बुकिङ खुला भएको छ । नेपालका लागि सिट्रोनको आधिकारिक बिक्रेता साङ्ग्रिला मोटर्सले विश्व वातावरण दिवसको अवसरमा सी थ्रीको बुकिङ खुलाएको हो । उक्त ईभी नेपालमा करिब ४५ दिनपछि सार्वजनिक हुने बताइएको छ ।  

कम्पनीका अनुसार यो गाडी दुई ओटा भेरियन्टमा उपलब्ध हुनेछ । एउटा ईसी थ्री फिल र अर्को ईसी थ्री लाइभ । तर, ईसी थ्री लाइभको सङ्ख्या भने सीमित हुनेछ । 

सिट्रोन ई-सी थ्रीमा २९.२ किलोवाट क्षमताको ब्याट्री उपलब्ध गराइएको छ । गाडीसँगै उपलब्ध हुने ३.३ किलोवाट क्षमताको एसी चार्जरले गाडीलाई साढे १० घण्टामा फुल चार्ज गर्न सकिन्छ । यसले डीसी चार्जर पनि सपोर्ट गर्ने बताइएको छ । कम्पनीका अनुसार  डीसी चार्जरबाट यस गाडीलाई १० देखि ८० प्रतिशत चार्ज गर्न ५७ मिनेट लाग्छ ।

एक पटकको फुल चार्जमा ३२० किलोमिटर दूरी तय गर्न सकिने कम्पनीको दाबी छ ।

गाडीमा पाँच जनाको सिट क्षमता रहेको छ । जसमा ४२ किलोवाट क्षमताको मोटर समावेश छ । सिट्रोन ई सी थ्रीको लम्बाइ ३९८१ एमएम, चौडाइ १७३३ एमएम, उचाइ १६-४ एमएम र ह्विलबेस २५४० एमएम रहेको छ । यसको बुटस्पेस ३१५ लिटर छ । 

भारतीय बजारमा सिट्रोन ईसी थ्रीको ब्याट्रीमा सात वर्ष वा एक लाख ४० हजार किलोमिटर वारेन्टी, मोटरमा पाँच वर्ष वा एक लाख किलोमिटर वारेन्टी दिइएको छ । नेपालमा भने यसको वारेन्टी कति हुन्छ खुलाइएको छैन

पछिल्लो अध्यावधिक: जेठ २३, २०८० ९:३०