close

बिजुली गाडीको कर बढ्ने सूचना चुहाएको छैनः अर्थमन्त्री

टेकपाना टेकपाना

जेठ २३, २०८० १५:५९

बिजुली गाडीको कर बढ्ने सूचना चुहाएको छैनः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय गाडीको कर बढ्ने सूचना आफूले नचुहाएको दाबी गरेका छन् । मंगलबार बसेकाे प्रतिनिधिसभा बैठकमा बाेल्दै अर्थमन्त्री महतले कर बढ्ने सूचना बजेट आउनु पहिले कतैपनि नचुहाएको प्रष्टीकरण दिए ।

हरेक वर्ष बजेट आउने बेला कर बढ्ने सम्भावना हुनसक्छ भन्ने अनुमानमा व्यापारिक घरानाहरूले गाडी ल्याएको हुनसक्ने भन्दै अर्थमन्त्रीले त्यसलाई सूचना चुहायो नभन्न आग्रह गरे ।

“बजेट आउने बेला कर बढ्नसक्छ भन्ने अनुमानमा कसले कुन बेला गाडी अर्डर गर्छ भने म त्यसको जिम्मा लिन सक्दिनँ,” उनले भने ।

साथै बजेटमा विद्युतीय सवारीमा कर बढाए पनि पेट्रोलियम सवारी साधन भन्दा निकै कम भएको उनले तर्क गरे । अहिले पेट्रोलियम सवारी साधनतिर ३०० प्रतिशतसम्म कर हुँदा विद्युतीय सवारीमा भने निकै कम कर भएको उनकाे भनाइ थियाे ।

सानो क्षमताका लागि कम र ठूलो क्षमताका लागि बढी कर दर राखिएको बताउँदै उनले उनले ईभी आयातलाई प्रोत्साहन गर्न पेट्राेलियमकाे तुलनामा कम कर राखिएको उल्लेख गरे । तर अहिले ‘र्‍यासनलाइज’ गर्नुपर्ने भएकाले मात्र कर बढाइएको उनले जनाए ।

साथै सरकारले दिएको छुटको फाइदा डिलरले मात्र पाउने, तर ग्राहकले नपाउने अवस्था विद्यमान रहेकाले सरकारले कर बढाएको उनकाे बताए । त्यस्तै बजेटमा गरिएको कर पुन: समायोजनपछि कोही पनि ईभी छाडेर पेट्रोलियम गाडी किन्न कोही नजाने उनले धारणा व्यक्त गरे ।

पछिल्लो अध्यावधिक: जेठ २३, २०८० १७:१६