काठमाडौँ । नेपाली बजारका लागि एमजी भेहिकलको आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ मोडेलको विद्युतीय गाडी एमजी जेडएस ईभी (डिलक्स) को प्रि-बुकिङ खुल्ला गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमा ५० किलोवाटदेखि १०० किलो वाटसम्मको विद्युतीय गाडीमा अत्यधिक कर वृद्धि भएता पनि एमजीको यस मोडेलको गाडीको मूल्य धेरै नबढेकाे कम्पनीले जनाएकाे छ ।
कम्पनीले याे गाडीकाे मूल्य ५२ लाख ९९ हजार रूपैयाँ ताेकेकाे छ । बजेट भाषणअघि यसको मूल्य रु ५२ लाख ४९ हजार ताेकिएको थियो । पारामाउन्ट मोटर्सले बजेट घोषणा हुनुअघि पैठारी गरिएका स्टकमा ग्राहकले पुरानै मूल्यमा फाेन खरिद गर्नसक्ने जानकारी दिएकाे छ ।
नयाँ एमजी जेड एस. इभि. (डिलक्स) मा ९९ किलोवाट मोटर पिक पावर रहेकाे छ, जसले २८० एनएम अधिकतम टर्क प्रदान गर्दछ । साथै ५१ किलोवाट आवर ब्याट्री क्षमताले सिङ्गल चार्जमा अधिकतम ३२० किलाेमिटर गुड्ने कम्पनीकाे दाबी छ ।
त्यस्तै कम्पनीले ३० मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज हुने जानकारी दिएकाे छ ।
सुरक्षाको लागि यसमा ६ ओटा एयर ब्याग, ईएसपी, ईएबी, एचडीसी, अटो होल्डजस्ता फिचरहरु राखिएका छन् । मनोरन्जनको लागि प्रिमियम पानोरमिक सन–रुफ, डीएबी रेडियो र ब्लुटुथयुक्त १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम रहेकाे छ ।
ड्राइभरको लागि ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस फोन चार्जिङ, कि–लेस एन्ट्री र स्टार्ट, ६ ओटा स्पिकर सहितको थ्रीडी साउन्ड सिस्टम, ड्राइभरको लागि ६वे र फ्रन्ट पेसेन्जरको लागि ४वे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट, दुई ओटा इसोफिक्स चाइल्ड सिट एन्कोरेज पोइन्टहरू (आउटर रियर सीटहरू), ६०/४० फोल्डिङ रियर सिटहरू, रूफ रेल, पावर–फोल्डिङ जस्ता फिचरहरु राखिएको कम्पनीले जनाएको छ ।
एमजी जेड एस (डिलक्स) भेरियन्ट पाँच रङ विकल्पहरू डोभर ह्वाइट, कोस्मिक सिल्भर, डायमण्ड रेड, पेबल ब्ल्याक र कोमो ब्लूमा उपलब्ध हुनेछ ।