close

ओप्पोका यी स्मार्टफोनले पाउनेछन् एन्ड्रोइड १४ को अपडेट

टेकपाना टेकपाना

जेठ ३१, २०८० ७:५५

ओप्पोका यी स्मार्टफोनले पाउनेछन् एन्ड्रोइड १४ को अपडेट

काठमाडौं । गुगलले एन्ड्रोइड १४ को तेस्रो बेटा संस्करण उपलब्ध गराएको केही समय पनि नबित्दै ओप्पोले एन्ड्रोइड १४ को अपडेट पाउने स्मार्टफोनहरूको सूची सार्वजनिक गरेको  छ । 

ओप्पो हाल आफ्नो ११ ओटा स्मार्टफोनको सूची निकालेको छ जसले एन्ड्रोइड १४ को अपडेट पाउनेछ । आउने दिनमा यो सूची बढ्न पनि सक्ने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार अन्य देशहरूको तुलनामा बेल्जियम, नेदरल्यान्ड र लक्जमबर्गको हकमा भने एन्ड्रोइड १४ पाउने स्मार्टफोनहरूको सूची केही फरक हुनेछ ।  

एन्ड्रोइड १४ को अपडेट पाउने ओप्पोका स्मार्टफोनहरू: 

  • Oppo A98
  • Oppo A78
  • Oppo A77
  • Oppo A57
  • Oppo Reno8 Pro
  • Oppo Reno8
  • Oppo Reno8 T
  • Oppo Reno7
  • Oppo Find X5
  • Oppo Find X5 Pro
  • Oppo Find X3 Pro

पछिल्लो अध्यावधिक: जेठ ३१, २०८० ७:५६