काठमाडौं । गुगलले एन्ड्रोइड १४ को तेस्रो बेटा संस्करण उपलब्ध गराएको केही समय पनि नबित्दै ओप्पोले एन्ड्रोइड १४ को अपडेट पाउने स्मार्टफोनहरूको सूची सार्वजनिक गरेको छ ।
ओप्पो हाल आफ्नो ११ ओटा स्मार्टफोनको सूची निकालेको छ जसले एन्ड्रोइड १४ को अपडेट पाउनेछ । आउने दिनमा यो सूची बढ्न पनि सक्ने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार अन्य देशहरूको तुलनामा बेल्जियम, नेदरल्यान्ड र लक्जमबर्गको हकमा भने एन्ड्रोइड १४ पाउने स्मार्टफोनहरूको सूची केही फरक हुनेछ ।
एन्ड्रोइड १४ को अपडेट पाउने ओप्पोका स्मार्टफोनहरू:
- Oppo A98
- Oppo A78
- Oppo A77
- Oppo A57
- Oppo Reno8 Pro
- Oppo Reno8
- Oppo Reno8 T
- Oppo Reno7
- Oppo Find X5
- Oppo Find X5 Pro
- Oppo Find X3 Pro
पछिल्लो अध्यावधिक: जेठ ३१, २०८० ७:५६
