close

अधिकतम ४०० किमि रेन्ज दिने ‘जीडब्लूएम ओरा ०३’ नेपाली बजारमा, मूल्य साढे ४७ लाख

टेकपाना टेकपाना

असार १, २०८० ११:३१

अधिकतम ४०० किमि रेन्ज दिने ‘जीडब्लूएम ओरा ०३’ नेपाली बजारमा, मूल्य साढे ४७ लाख

काठमाडौं । नेपाली बजारमा विद्युतीय सवारी जीडब्लूएम अल-इलेक्ट्रिक क्रसओभर ओरा-०३ बिक्री खुला भएको छ । जीडब्लूएम नेपालले यो सवारीका लागि बुकिङ खुला भएको जानकारी दिएको हो ।

यो गाडीको मूल्य ४७ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । अगाडि गोलो फुल एलईडी हेडलाइट, सर्कुलर डेटाइम रनिङ लाइटहरू यसको सबैभन्दा आकर्षक डिजाइन विशेषताहरू रहेकाे कम्पनीले उल्लेख गरेकाे छ ।

ओरा ०३ लाई १०० प्रतिशत प्योर ईभी प्लेटफर्ममा विकसित गरिएको र यसको मोड्युलरका साथै समान आधारभूत वास्तुकलाबाट ठूला र साना सवारी साधनहरू सिर्जना गर्न मिल्ने गरी स्केलेबल डिजाइन पनि गरिएको कम्पनीको भनाइ छ ।

यसमा ७ एयरब्याग, एबीएसको साथमा ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईसीएस), ट्र्याक्सन कन्ट्रोल सिस्टम ) टीसीएस), इलेक्ट्रोनिक पार्किङ ब्रेक, अप हिल असिस्ट कन्ट्रोल, अटोमेटिक सवारी होल्ड, फ्रन्ट कोलिसन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ लगायतका सुरक्षा सुविधा छन् । 

गाडीमा ४७.७८ किलोवाटको लिथियम आइरन फोस्फेट ब्याट्री, ४०० किमिसम्मको अधिकतम रेन्ज, ९९ किलोवाटको पिक पावर र २१० एनएम टर्क भएको स्थायी चुम्बकीय सिंक्रोनस इलेक्ट्रिक मोटर रहेकाे छ ।

पछिल्लो अध्यावधिक: असार २३, २०८० १६:१७