काठमाडौं । नियो स्टोरले ‘बम्पर लक्की ड्रमा: ल्यापटप, मोबाइल र प्रिन्टर हातमा’ अफर ल्याएको छ । यसअन्तर्गत नियो स्टोरबाट ल्यापटप खरिदमा ल्यापटप, प्रिन्टर र मोबाइल जित्न सकिनेछ ।
कम्पनीका अनुसार ६० हजार रुपैयाँ बढी मूल्यका ल्यापटप खरिद गर्दा लक्की ड्रमा सहभागी हुन सकिनेछ । त्यस्तै ल्यापटप खरिद गर्ने हरेकले कुपन स्क्र्याच गर्न पाउनेछन् । स्क्रयाच गर्दा स्मार्टवाच, ब्यान्ड, स्पिकर र माउस जित्न सकिनेछ ।
कम्पनीले ल्यापटप खरिद गर्नेमध्ये १२ जनालाई स्मार्टवाच, २५ जनालाई मुस्ताङ स्पिकर, ३० जनालाई एम१८७ माउस र १२ जनालाई ओप्पो ब्यान्ड दिने बताएको छ । कम्पनीले यो समरसम्मका लागि यो अफर ल्याएको हो ।
कम्पनीले अफरका लागि अन्तिम मिति भने घोषणा गरेको छैन । नियोका विभिन्न स्टोर र वेबसाइटबाट ल्यापटप खरिद गर्दा यो अफर पाउन सकिने कम्पनीको भनाइ छ ।