काठमाडौं । डिजिटल वालेट आइएमई पेले ‘रु १४ मा आईफोन १४’ अफर ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकलाई लक्षित गर्दै यो अफर ल्याएको हो ।
यो अफरमा सहभागी हुन प्रयोगकर्ताले १४ रुपैयाँको टिकेट खरिद गर्नुपर्छ । टिकेट खरिद गर्दा खर्च भएको उक्त रकम विजेता घोषणा भएको हप्ता सबै प्रयोगकर्ताको अकाउन्टमा फिर्ता हुने कम्पनीले जनाएकाे छ । “जति धेरै पटक अफरमा सहभागी भयो, त्यति नै आईफोन जित्ने सम्भावना हुन्छ,” कम्पनीले भनेकाे छ ।
‘रु १४ मा आइफोन १४’ अफरमा कसरी सहभागी हुने ?
- सबैभन्दा पहिले आइएमई पे एप खोल्नुहोस् ।
- त्यसपछि होमपेजको इभेन्ट सेक्सनमा रहेको ‘रू १४ मा IPHONE 14’ लेखिएको ब्यानरमा थिच्नुहोस् ।
- अनि, प्रडक्टको बक्समा ट्याप गरी ‘आईफोन १४’ (IPHONE 14) को अप्सन छान्नुहोस् ।